१. पोखरा र·शाला परिसरमा बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिन लागेको समाचारले यहाँका खेलाडी र खेलप्रेमीहरूमा एउटा उत्साह पलाएको छ। उक्त पोखरा बहुउद्देश्यीय कभर्ड हल निर्माणको थालनी गत शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव युवराज लामाले गरेका थिए। अन्तर्राष्ट्रियस्तरको यो कभर्र्ड हल पोखराको एक उपलब्धि मानिएको छ।
२. कास्की जिल्ला खेलकुद विकास समितिले जनाए अनुसार अन्तर्राष्ट्रियस्तरको यो निर्माणाधीन कभर्ड हल तीन हजार दुर्इ सय ७६ वर्ग मिटर क्षेत्रफलभित्र करिब ७८ मिटर लम्बाई ५० मिटर चौर्डाईको हुनेछ। करिब दुर्इ हजार एक सय दर्शक क्षमताको हल निर्माण गर्न १४ करोड ३२ लाख ६२ हजार लाग्ने अनुमान गरिएको छ।
३. अन्तर्राष्ट्रियस्तरको कभर्ड हल भएकोले यसमा फुटबल, हक्की र क्रिकेट बाहेकका इण्डोर खेल त्यसमा खेल्न सकिने छ। यसअघि राष्ट्रिय खेलकुद परिषद्ले ८४ लाख रूपैयाँको लागतमा सेमिकभर्ड हल निर्माण गरेको थियो। अहिलेसम्म पोखरामा खेलाउने इण्डोर खेलहरू त्यसैबाट निर्वाह गरिएको छ।
४. यो अन्तर्राष्ट्रियस्तरको कभर्ड हल १५ महिनामा सिध्याउने लक्ष्य राखिएको छ।यो सिद्धिएपछि नेपालले आयोजना गर्ने साग खेलकुदको क्षेत्रमा पोखराको नाम अरु चर्चित हुनेछ र त्यसले गर्दा खेल पर्यटनको क्षेत्रमा पनि सघाउ पुर्याउनेछ।
५. पोखरा र·शालामा विस्तारै विस्तारै पूर्वाधार निर्माण भइरहेका छन्। यहाँ २०४० सालमा निर्मित भीआईपीसहितको प्यारापिट निर्माण भएको थियो। तर त्यहाँ निर्मित प्यारापिट मर्मतको अभावमा जीर्ण जस्तै भएको छ। त्यसको निर्माण गरिनु आवश्यक छ। क्रिकेट खेल मैदानले पनि पोखराको महत्त्व बढाएको छ।
६. खेलकुदको लागि पोखरा उर्वर भूमि हो। यहाँ ठूलठूला प्रतिस्पर्धा सञ्चालन गर्ने गरिएको छ। यहाँको फुटबल प्रतियोगितामा विदेशी टीमहरूले पनि सहभागिता जनाउने गरेका छन् र प्रतिस्पर्धाहरू निरन्तर हुने गरेका छन्।यहाँ हुने खेलकुद आयोजनाले गर्दा यहाँको खेलाडीहरू राष्ट्रिय स्तरमा नै चर्चित हुने गरेका छन्।
७. यो बहुउद्देश्यीय कभर्ड हल पोखराको एक आवश्यकता हो। यो आवश्यकताको पूर्र्तिले खेलकुदको क्षेत्रमा पोखराको महत्त्व पनि बढाउने छ। त्यसले पोखरालाई खेलकुद सहरको रूपमा विकास गर्न पनि सघाउ पुर्याउनेछ। यति महत्त्व बोकेको बहुउद्देश्यीय कभर्ड हल निश्चित समयमा निर्माण पूरा होस् यही हाम्रो कामना छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१