१. कास्की जिल्लाको उत्तरपूर्वमा रहेको सिल्दुजुरे गाविसस्थित उपल्लो मादी जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा शुक्रबार अकस्मात ठूलो पहिरो आई सुरुङ थुनिएपछि ठूलो समस्या आइपर्यो। सुरुङको अघिल्लो भाग पहिरोले थुनिएपछि १६ जना कामदारहरु भित्र थुनिन पुगे। ठूलो प्रयास पछि उनीहरु मध्ये १३ जनाको उद्धार गरिएको छ।
२. घण्टौंसम्म उनीहरु सुरुङ भित्र थुनिदा अनेक शंका, उपशंका गरिएको थियो। पहिरो भयानक थियो। त्यहाँ यस अघि भाद्र महिनामा पनि पहिरो गएको थियो र पहिरोमा परि एक जनाको ज्यान गएको थियो। त्यो घटना घटेपछि त्यो सुरुङ खन्ने काम रोकिएको थियो।
३. सुरुङमा त्यसरी थुनिनेहरु अधिकांशत : अक्सिजन र पानीको अभावमा मर्ने भएकाले उद्धार टोलीले हतार-हतार फलामे पाइपबाट सुरुङ भित्र अक्सिजन र पानी पठाउने व्यवस्था मिलाएको थियो। उद्धार टोलीले त्यसरी पाइप भित्र पसाल्न सफल भएपछि भित्रबाट आफूहरु सकुशल भएको सन्देश बाहिर आयो।
४. थुनिएकाहरु जीवितै भएको कुरा थाहा पाएपछि उद्धार टोलीमा उत्साह आयो र छिट्छिटो काम भयो। उद्धार टोलीमा लागेका नेपाली सेना, प्रहरी र स्थानीयवासीहरुको रातदिनको प्रयासबाट राति अबेर पहिरो पन्र्छाई थुनिएकाहरुलाई बाहिर निकाल्न सकिएको हो। उनीहरुको प्रशंसनीय कार्यबाट ठूलो विपत्तिको उद्धार भएको छ।
५. त्यसरी उद्धार गरिएकाहरु मध्ये १२ जना नेपाली र एक चीनियाँ रहेका छन्। यो लेखिदासम्म तीन जना हराइरहेकाहरुको खोजी कार्य जारी छ। १३ जना कामदारहरु ठूलो दुर्घटनाबाट बचेका छन्। तर त्यहाँ काम गर्नेहरुले उनीहरुको सुरक्षा व्यवस्था राम्रो नभएको सिकायत गरेका छन्।
६. अको एउटा के कुरा पनि उल्लेखनीय छ भने सुरुङ निर्माण गर्ने क्रममा ब्लाष्टिङ गर्दा त्यस वरपरको संरचना थर्किएर कमजोर भएको छ। भिरालो जमिनको भित्री संरचना कमजोर भएपछि त्यहाँ फेरिफेरि पनि पहिरो आउन सक्छ। त्यसको साथै त्यहाँ वस्ती पनि नजिकै छ। नजिकै रहेको बस्तीको लागि पनि केही सोच्नुपर्ने आवश्यकता छ।
७. डाँडाकाँडा र त्यसमा पनि सुरुङ खन्ने काम त्यसै पनि खतरा हुन्छ। त्यहाँको त्यो स्थिति हेरेर त्यहाँ काम गर्नेहरुलाई हेल्मेट, बुट र पञ्जा आदिको राम्रो व्यवस्था हुनुपर्दछ। त्यहाँ ती कामहरु स्तरीय नभएको सिकायत पनि सुनिएको छ। सुरुङ खन्ने काम अझ बँाकी छ। अब त्यहाँ बढी सुरक्षाको व्यवस्था गर्न सजग र सतर्क हुनुपर्दछ। नजिकको बस्तीको विशेष व्यवस्था गरिनु पर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१