१. संविधान बनाउने सबै दलहरुको प्रतिवद्धता हो। निर्वाचनताका दलहरुले आफ्नो घोषणा पत्रमा र भाषणहरुमा त्यो कुरा उल्लेख गरेका थिए। संविधान सभाको गठन भएपछि संविधान सभा आफैले पनि निर्णय गरी एक वर्षमा संविधान बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो। तर केही दिन यता दलहरुको चाल हेर्दा एक वर्ष भित्र संविधान बनाउने कुरामा शंका उत्पन्न भएको छ।
२. ठूला दलहरुले संविधान सभाको लागि आवश्यक २६ जना सदस्यहरु छानी मनोनीत गर्न सकेका छैनन्। विषयगत समितिको गठन प्रक्रिया लम्बिने अवस्थामा पुगेको छ। संविधान सभाले गर्ने प्रारम्भिक काम नै अझसम्म गर्न नसकी रहेको वेलामा एक वर्षभित्र संविधान बन्छ भनेर कसरी विश्वस्त हुने, समस्या उत्पन्न भएको छ।
३. त्यसमा पनि अहिले गोर्खाको फुजेल प्रकरण चर्किएको छ। फुजेल प्रकरणको मुद्दा अदालतमा पेश गरिएपछि एकीकृत माओवादी र माओवादी दुवै पार्टीएक साथ सडकमा उत्रने तयारी गरिरहेका छन्। र तिनीहरुले मंगलबार चितवनमा सांकेतिक विरोध जनाए। तिनीहरुले विरोधको गति बढाउँदै लग्ने भएका छन्।
४. एकीकृत माओवादीले सडक मात्र होइन, सदन पनि तताउने भएको छ। त्यसले फुजेल प्रकरणमा समातिएकाहरुलाई रिहाइ नगरेसम्म संविधान सभामा अवरोध गर्ने घोषणा गरेको छ। त्यसको त्यो अवरोधको घोषणाले संविधान सभामा मनोनीत गर्ने कामदेखि समितिका सभापति छान्ने काम सबै प्रभावित हुने देखिन्छ।
५. त्यति मात्र होइन, अव संविधान बन्दैन भन्ने स्वर पनि सुनिन थालेको छ। जिम्मेवार व्यक्तिहरुको मुखबाट यस्तो स्वर आउनु विडम्बनाको कुरा हो। सबै कुरा आफुले भनेजस्तै भयो भने संविधान बनाउन दिने, अन्यथा भाँजो हाल्ने काम कदापि उचित होइन। यस्तो काम कसैले गर्नु हुँदैन। यस्तोमा जिम्मेवार नेताहरु बढी चनाखो हुनुपर्दछ।
६. संविधान भनेको कुनै एक या दुर्इ पार्टीविशेषलाई चाहिएको कुरा होइन। सरकारलाई मात्र पनि चाहिएको होइन, यो सबै दलका लागि चाहिएको छ र सम्पूर्ण नेपालीका लागि चाहिएको छ। यस्तो कुरामा बराबर अवरोध सिर्जना गरिन्छ भने त्यो राम्रो होइन। विरोधका अरु उपाय र माध्यमहरु अपनाउनु एउटा कुरा हो, तर संविधान सभाको बैठक अवरोध गर्नु गम्भीर कुरा हो।
७. एउटा समस्या उत्पन्न भयो कि संविधान सभाको बैठक अवरोध गर्नु राम्रो होइन। बरु त्यो समस्याका बारेमा संविधान सभामा प्रश्न सोध्न सकिन्छ। बोल्न सकिन्छ। तर अवरोध गर्नु राम्रो होइन। यस्तो अवरोध गर्ने प्रवृत्तिले फेरि पनि संविधान बन्दैन भन्ने सन्देश प्रवाहित हुनसक्दछ। जनतामा भ्रम उत्पन्न हुनसक्दछ। त्यस्तो स्थिति सिर्जना गर्नु राम्रो होइन।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१