१. नेकपा-माओवादीका उपाध्यक्ष एवं पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सीपी गजुरेलले नेपाली राजनीतिको केन्द्र नेपालमा नरहेको रहस्योद्घाटन गरेका छन्। उनले उक्त कुरा हालै काठमाडौंमा आयोजित पार्टीप्रशिक्षण तथा भेलापछि आयोजित कार्यक्रममा व्यक्त गरेका हुन्।
२. नेपाली राजनीति केबाट पीडित छ र त्यसको वास्तविक रोग के हो भन्ने सम्बन्धमा धेरैको विचार मिल्दछ। हामी आफै लड्नुभन्दा, हामी आफै मिल्नुभन्दा हामीलाई अरुले मिलाउनुपर्ने र अरुले लडाउनुपर्ने स्थितिमा पुगेका छौं। यो कुरा ठूला वडा नेताहरूले महसुस गरेका छन् र कतिपयले प्रकट रूपमा भनेका पनि छन्।
३. रोगको पहिचान भएपछि औषधि विज्ञानमा औषधि खोज्न त्यत्ति विवाद हुँदैन। त्यसको लागि चिकित्सकहरू आपसमा परामर्श गर्दछन् र औषधि प्रेस्क्रायव गर्दछन्। त्यो प्रेस्क्रायव गरिएको औषधि सेवन गरेर एक जना विरामीको रोग निको हुन्छ र निको हुने गरिएको छ।
४. त्यस्तै हाम्रो देशको लागि पनि डाक्टररूपी हाम्रा नेता र बुद्धिजीवीहरू परामर्श गरेर औषधि प्रेस्क्रायव गरेको भए देश र जनताले यत्ति दुःख पाउने थिएन। हाम्रा नेताहरू विभिन्न स्कुलिङमा प्रशिक्षण प्राप्त गरेर आएकाले डाक्टरहरू जसरी उनीहरू आपसमा परामर्श गर्न सक्दैनन् र गरेर सहमति गरे पनि फेरि तुरुन्त तोड्ने गर्दछन्। जसको कारण देश र जनता सधैँ पीडित भएर रहनुपरेको छ।
५. हामी विभाजित हुनु नै हाम्रो ठूलो रोग हो। देश बनाउने भन्दै, सबै मिल्नुपर्दछ भन्दै फुट्नु हाम्रो विशेषता भएको छ। जति हामी फुट्छौं उति ठूलो नारा लगाउँछौं। आन्दोलन गर्छ। व्रि्रोह गर्न खोज्छौं। एक आपसको सफाया गर्नुपर्दछ भन्छौं। सकेको गर्छौ पनि। यही हाम्रो नियति भएको छ। यसलाई हामी दोहोर्याउँदै पनि छौं।
६. तर यथार्थ के हो भने जति हामी त्यस्तो आन्दोलन गर्छ उति हाम्रो राष्ट्रियता कमजोर भएको छ, उति हामी परावलम्बी भएका छौं। डेढ दुर्इ दशकको घटनाक्रम र इतिहासले यो प्रष्ट गरेर देखाएका छन्। यस्तो वास्तविकता छँदाछँदै पनि हामी त्यही देश र राष्ट्रियता कमजोर गर्ने आन्दोलन किन गर्न गइरहेका छौं। व्रि्रोहको बाटो किन रोज्न खोज्छौं, यो बुझ्न नसकिने भएको छ।
७. सीपी गजुरेलले भनेको कुरा सत्य हो। बाहिर रहेको राजनीतिको केन्द्रलाई देशभित्र ल्याउने एक मात्र उपाय सबै नेपाली एकजुट हुनु र एकताबद्ध हुनु हो। तर आफै किन आन्दोलन र व्रि्रोहको कुरा गर्दै एक्लिँदै गएको छ, त्यो रहस्यमयी भएको छ। बाहिरियाले त हामी सधैँ लडिरहेको चाहन्छन् होला तर हामी आपसमा किन लड्ने ? देश र जनताका लागि हामी एकताबद्ध भयौं भन्ने हाम्रो राजनीतिको केन्द्र हाम्रोभित्रै रहने छ र त्यसको सञ्चालक पनि हामी आफै हुनेछौं।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१