१. हामी कहाँ नयाँ-नयाँ काम कुरा व्यवस्था र प्रविधि खुब आउने गरेका छन्। त्यसरी आयातित व्यवस्था र प्रविधिको एकताका खुब प्रचार र प्रशंसा हुन्छन्, त्यसलाई प्रयोगमा ल्याउने प्रयास पनि हुन्छन्। त्यसरी व्यवहारमा उतार्न खोज्दा अनेक बाधा-व्यवधान आउँछन्। त्यसरी आउने बाधा-व्यवधान हटाउने सकारात्मक सोंच र चिन्तक हाम्रो दिल र दिमागमा नफष्टाएको कारण त्यो व्यवस्था र प्रविधि असफल भएको देखिन्छन्।
२. त्यस्तो कुरा धेरै ठाउँमा देखिएका छन्। समानुपातिक निर्वाचन प्रणालीलाई धेरै प्रशंसा गरि भित्र्याएको छ। पहिलो पटक यसले राम्रा काम गरेको पनि देखियो। तर नेतृत्वकर्ताहरुको स्वार्थी प्रवृत्तिले गर्दा यत्ति छिट्टै समानुपातिक पद्धतिलाई अफापसिद्ध भन्न थालियो। दुर्इ महिना पहिलेसम्म पनि यसमाथि प्रश्न चिन्ह लागेको थिएन।
३. अहिले फेर ‘राइट टु रिजेक्ट’ को कुरा आएको छ। राइट टु रिजेक्टको कुरा सुन्नासाथ धेरैले प्रशंसा गर्न थालिसकेका छन्। त्यसरी प्रशंसा गर्नेहरुले हाम्रो देशको लागि त्यो के कति व्यवहारिक होला भनेर सोचेका छैनन्। नयाँ हुनासाथ राम्रो हुन्छ भन्ने छैन। फेरि कतिपय कुरा अरु देशका लागि राम्रो भए पनि हामी कहाँ व्यवहारिक नभएको हामीले भोगी सकेका छौं।
४. संसदबाट प्रधानमन्त्री छान्दा ५० प्रतिशत भोट बढी ल्याउनुपर्ने व्यवस्था पनि राम्रो भनेर भित्र्याइएको थियो। तर १७ पटक चुनाव गरेर पनि प्रधानमन्त्री छान्न नसकिएको र एक जनामात्र उम्मेदवार हुँदा पनि प्रधानमन्त्री निर्वाचित नभएको तितो अनुभव हामीसँग छ। राजनीतिक क्षेत्रमा मात्र होइन, अन्य क्षेत्रमा पनि त्यस्तै भएका घटना धेरै छन्।
५. सरस्वतीको मन्दिर भनेर चिनिने विश्वविद्यालयमा पनि धेरै पद्धति र सिद्धान्त प्रयोग गरिए। परीक्षा प्रणाली फेरिए। कहिले नामसमेत फेरिए। कलेजलाई क्याम्पस भनिए। सेमेष्टर सिष्टम अपनाइयो। रुल, नीति-नियम त त्यहाँ कति परिर्वतन गरिए, गरिए। त्यसको लेखाजोखा गर्न पनि शायद मुस्िकल हुन्छ होला।
६. देशको दिगो विकासको टेवा दिने आर्थिक क्षेत्रमा त्यस्तै छ। सरकारले अर्थात् योजना आयोग र राष्ट्रबैंकमा बस्ने दिग्गजहरुले एकताका कहिले फाइनान्स कम्पनी, विकास बैंकलगायतका बैंक खोल्न प्रोत्साहित गरे। लगानीकर्ताहरुले बैंक पनि खोले। तर अहिले ती बैंकहरुको संख्या घटाउन अनेक नियम र प्रोत्साहन गरिरहेका छन्।
७. नयाँ देखिना साथ राम्रो मान्ने बानी हाम्रो छ। त्यो राम्रो कुरा हाम्रो नेपाली जनजीवनमा उतार्न सकिन्छ कि सकिँदैन कति झन्झटिलो र खर्चालु छ र हाम्रो व्यवहारमा व्यवहारिक छ-छैन, त्यसको समूचित मूल्याड्ढन गर्नेतिर हाम्रा पथप’रदर्शकहरु लाग्दैनन्। उनीहरु आँखा चिम्लेर प्रयोग गर्दछन्। त्यसमा आफ्नो स्वार्थ पनि मिसाएपछि त्यो असफल हुन्छ। अनि त्यो असफल भएको दोष कहिले अरुमाथि थोपारेर आफू पानीमाथिको ओभानो हुन चाहन्छन्। उनीहरु आफ्नो दोष कहिल्यै स्वीकार्न सक्दैनन्। यही हाम्रा नीति-निर्माता र समाजका अगुवाहरुको कमजोरी हो।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१