१. रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ को डिष्ट्रिक्ट सम्मेलन पर्यटकीय नगरी पोखरामा आजदेखि सुरु हुन गइरहेको छ। तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल र भूटानका गरी १२०० भन्दा बढी रोटरियन र तिनीहरूका परिवार सहभागी हुनेछन्। सम्मेलन सफल पार्न डा. केदारलाल श्रेष्ठको अध्यक्षतामा दश सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।
२. व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सेवा गरौं भन्ने उद्देश्य बोकेको रोटरी संस्था पाँच जनाले सुरु गरेका थिए भने अहिले विश्वभर यसका ५३४ डिष्ट्रिक र त्यसअन्तर्गत ३४ हजारभन्दा बढी क्लब तथा १२ लाखभन्दा बढी सदस्य रहेका छन्। यसमा मुख्यतया व्यापार व्यवसायमा आवद्ध व्यक्तिहरू संलग्न छन्।
३. नेपालमा पहिलो पटक सन् १९५७ मा रोटरी क्लब अफ काठमाडौं गठन गरिएको थियो भने पोखरामा १९९७ मा रोटरी क्लब अफ पोखरा स्थापना गरिएको थियो। नेपालमा यो क्लब भित्र्याउने श्रेय किरण शम्सेर जबरालाई जान्छ भने पोखरामा विनोदचन्द्र बरालले भित्र्याएका थिए।
४. रोटरी क्लबले नेपालमा ठोस काम कुराहरू गर्दै आएका छन्। खानेपानीको व्यवस्था विद्यालयका लागि सहयोग पुर्याउनु, भौतिक संरचना निर्माण गर्ने साधन स्रोत जुटाइदिनमा यो संस्थाले अग्रणी भूमिका खेलेको छ। यसका अतिरिक्त अन्य ठोस र महत्त्वपूर्ण कार्यहरू पनि रोटरी इन्टरनेशनलले गरेको छ।
५. विश्वबाट पोलियो उन्मूलनमा रोटरीको विशेष भूमिका छ। यसले सरकारसँग मिलेर सन् २०१७ सम्म सतप्रतिशत साक्षरता कार्यक्रम ल्याएको छ। त्यसै सर्न्दर्भमा पूर्ण साक्षरताका लागि रोटरी भन्ने नाराका साथ हिजो काठमाडौंदेखि पोखरासम्म कार र्याली सम्पन्न गर्यो। जसमा १०० भन्दा बढी कार सम्मिलित थिए।
६. यसले गरेको ठोस सेवाको चर्चा गर्दा काठमाडौंको जोरपाटीमा यसले सञ्चालन गरेको अथोर्पेडिक अस्पताल र भक्तपुरको क्यान्सर अस्पताल बिर्सनै सकिँदैन। ती अस्पतालले धेरै विरामीलाई नयाँ जीवन प्रदान गरेका छन् र ती अस्पताल धेरै विरामीका लागि वरदान सावित भएका छन्। त्यस्तै पोखरामा सामाजिक सेवाको क्षेत्रमा यसले अग्रणी भूमिका खेलेको छ।
७. सामाजिक सेवाको क्षेत्रमा त्यसरी महत्त्वपूर्ण भूमिका खेल्दै आएको रोटरी इन्टरनेशनलको पोखरामा सम्मेलन हुनु एक खुसीको कुरा हो। यसले पोखराको पर्यटकीय चिनारीलाई अरु अभिवृद्धि गर्ने छ र समाजमा हराउँदै गएको नैतिक मूल्य मान्यताहरू अभिवृद्धिमा पनि भूमिका खेल्ने छ भनी अपेक्षा गरिएको छ। अन्तमा हामी यस सम्मेलनमा सहभागी हुन पोखरा आउने सम्पूर्ण सहभागीलाई हार्दिक स्वागत अभिवादन गर्दछौं र अतिथिहरूको पोखरा बसाइँ सुखद् रहोस् भन्ने कामना गरी सम्मेलनको पूर्ण सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१