१. आज गुरुङ समुदायको नयाँ वर्ष प्रारम्भ हुँदैछ। नयाँ वर्षलाई उनीहरू ल्होछार भन्छन्। उनीहरूको वर्ष वर्गको आधारमा तय गर्दछन्। उनीहरूको प्रत्येक वर्ष एक एक वर्ग हुन्छ र बाह्र वर्षमा वर्ग पूरा हुन्छ। आज उनीहरूको घोडा वर्ग प्रारम्भ भएको छ। घोडा वर्गलाई उनीहरू तल्हो भन्दछन्। तल्होछारको उपलक्ष्यमा हामी देशभित्र र बाहिरका सम्पूर्ण तमुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
२. तिब्बती क्यालेण्डरअनुसार ल्होछार तीन किसिमका हुन्छन्। आज सुरु हुने अर्थात गुरुङहरूले मान्ने ल्होछारलाई तोला ल्होछार भन्दछन् भने माघमा तामाङहरूले मान्ने ल्होछारलाई सोनाम ल्होछार भन्दछन्। त्यस्तै चैतमा शेर्पाहरूले मान्ने ल्होछारलाई ग्याल्मो ल्होछार भन्दछन्। नेपालीले यी तीनवटै ल्होछार मान्ने गर्दछन्।
३. २०४६ सालमा देशमा प्रजातन्त्र पुनस्र्थापना भएपछि वषौंदेखि दबिएर रहेका जनजाति आदिवासीहरूले आफ्नो धर्म, संस्कृति र भाषाको उत्थानमा सक्रियता देखाएका हुन्। यसैबेलादेखि तिनीहरूले आफ्नो जातीय संस्था खोलेर संस्थागत काम गर्न थालेका हुन्। जुन बेला उनीहरूले आफ्नो धर्म, संस्कृति र भाषाका लागि काम प्रारम्भ गरेका थिए, त्यसबेला उनीहरूलाई साम्प्रदायिक भनी हेय दृष्टिले हेर्ने गर्दथे।
४. तर उनीहरू आफ्नो काममा अघि बढ्दै गए र सरकारले पनि उनीहरूको उत्थान र विकासका लागि आदिवासी जनजाति प्रतिष्ठान बनायो। आज आदिवासी जनजाति भन्नु एक गर्वको कुरा भएको छ र अन्य केही जातीय समुदाय पनि आफूलाई आदिवासी जनजाति वर्गमा पार्न प्रयत्नशील रहेका छन्।
५. तत्कालीन तमु छोँज धीँले ल्होछारको उपलक्ष्यमा सार्वजनिक बिदाको व्यवस्था गर्न धेरै प्रयास गरेको थियो। तमु छोँज धीँको त्यो प्रयासको कदर गरेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफूले यस विषयमा आधा गुरुङ भएर सोच्ने वचन दिएका थिए। तत्पश्चात् नै ल्होछारमा सरकारले सार्वजनिक बिदाको घोषणा गरेको हो। यस प्रयासका लागि छोँज धीँका महासचिव श्रीप्रसाद गुरुङलाई स्मरण गर्नुपर्दछ।
६. त्यस बेलादेखि अहिलेसम्म आउँदा त्यो समुदायले धेरै काँचुली फेरिसकेको छ। उनीहरूको भाषा, धर्म र संस्कृति स्थापित भएका छन्। नयाँ पुस्ताले पनि तिनीहरूलाई राम्ररी अपनाएको देखिन्छ। त्यो ज्यादै सकारात्मक पक्ष हो। तर एउटा कमजोरी के देखिन्छ भने गुरुङहरूले आफूलाई तमु भन्ने र लेख्ने गरे पनि त्यसलाई आधिकारिक मान्यता प्राप्त गर्न सकेका छैनन्।
७. अन्य जनजाति आदिवासीमध्ये गुरुङहरूले धेरै कुरामा आफूलाई अगाडि बढाएका छन्। उनीहरूले टोलटोलमा संस्था खोलेका छन् र संस्थाको भवन निर्माण गरेका छन्। उनीहरूको संस्था सुदृढ छ। तैपनि केही कुरामा उनीहरूको मतभेद छ। राष्ट्रियस्तरमा संस्थागत एकता कायम भएमा त्यसले अरु उन्नति र प्रगति गर्नेछ भन्ने हामीलाई लागेको छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१