जति सजिलो गर्‍यो उति गाह्रो

सम्पादक
पौष ९, २०७०

१. नेताहरु सबै काम कुरा सजिलो ठान्दछन् तर उनीहरु ती काम कुरा ज्यादै सजिलो साथ सम्पादन गर्न खोज्छन्। त्यसरी सजिलै सम्पादन गर्न खोज्दा उनीहरु भोलि के कति अप्ठ्यारो र गाह्रो होला भनेर किञ्चित पनि सोच्दैनन्। त्यसैले उनीहरुले सुरुमा जे जति सजिलो भन्छन्, भोलि त्यो काम उति नै गाह्रो मानेका हुन्छन्।

२. हिजो संविधान बनाउने काम सजिलो मानियो, तर म्याद थप्दै गर्दा पनि त्यो काम गर्न सकेनन्। अहिले पनि उनीहरुले एक वर्षभित्र त्यो काम गर्न सकिन्छ भन्दैछन्। त्यो के हुने हो, त्यो हेर्र्नु छ। संविधान बनाउने काम त पाएको कुरा हो, यस पटक संविधानसभाको समानुपातिकबाट सभासद् छान्ने काम पनि उनीहरुले गर्न सकेका छैनन्।

३. संविधानसभामा समानुपातिकतर्फबाट तीन सय ३५ जना सभासद् पठाउनु पर्ने व्यवस्था छ। निर्वाचन आयोगले पार्टीरुले पाएको मतको आधारमा प्रत्येक पार्टीो सिट संख्या तोकिसकेको छ र पार्टीरुलाई आफ्नो कोटामा परेको सभासद्को संख्याको नामावली बुझाउन भनिसकेको छ। ठूला पार्टीरुले नामावली नबुझाएकोले आयोगले फेरि १० गतेसम्म म्याद थप गरेको छ।

४. तैपनि पार्टीरुले नामावली तयार गरेका छैनन्। राप्रपा नेपालले बुझाएको नामावली विधि नपुगेकोले फर्काइएको छ भने एमाओवादी नामावली बुझाउने कि नबुझाउने भनी अनिर्णयको बन्दीमा रहेको छ। उनले त्यसको लागि ठूला पार्टीरुलाई विभिन्न माग तेस्र्याएको छ।

५. काँग्रेस र एमाले नामावली छनौटमा व्यस्त छ। उनीहरुले भर्खरै त्यसको मापदण्ड तयार गर्दैछन्। अघिल्लो संविधानसभाको चुनावमा पार्टीरुले समानुपातिकका उम्मेदवारहरु रोलक्रमको आधारमा पहिलो निर्धारण गरेका थिए भने यसपटक नेताहरुको सजिलो र सुविधाको लागि त्यसरी नामावली तयार गरिएन। जसको परिणाम उनीहरुले आज भोग्दैछन्।

६. प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवार थोरैले मात्र जितेकाले अधिकारकर्मीहरु समानुपातिकमा महिलाको संख्या बढाउनुपर्ने माग गरिरहेका छन्। उता दलित, जनजाति, आदिवासीहरुको पनि त्यस्तै माग छ। फेरि समानुपातिकका उम्मेदवारहरु चुनावको बेला आधिकारिक उम्मेदवारलाई अन्तर्घात गरेको सहयोग नगरेको आरोप पनि छ।

७. ती विभिन्न कारणहरुले गर्दा समानुपातिकबाट सभासद् छान्ने काम ठूलो पार्टीरुलाई कठिन भइरहेको छ। उनीहरुमाथि दबाब बढ्दो छ। पहिलो संविधान सभामा जस्तो गरी प्राथमिकताको आधारमा पहिले नै रोलक्रम निर्धारण गरेकोले आज यस्तो अवस्था आउने थिएन। सजिलो गर्न खोज्दा झन् गाह्रो स्थिति आएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width