आज जन्मेदेखि पाँच वर्ष मुनिका सम्पूर्ण वालवालिकाहरुलाई देश भरिनै -सात हिमाली जिल्ला वाहेकका ६८ जिल्लाहरुमा) अभियानका रुपमा एकैपटक पोलियो थोपा खुवाईदै छ। नेपालमा २०५३ साल वाट शुरु गरिएको यो अभियान नेपाललाई पोलियो मुक्त देशका रुपमा घोषणा गर्ने लक्षमा पुग्न लागेको छ। वाल अकिकारको रक्षाका लागि, स्वस्थ नागरिक तयार गर्नका लागि, रोगको निदान तथा उपचारमा खर्च हुने ठुलो धनराशी वचाई राज्यका अन्य क्षेत्रमा लगानी गर्नका लागि पोलियो रोग उन्मुलन हुनु महत्वपर्ण कुरा हो र कठिन पनि छ। राष्ट्रले थालेको यो कठिन तर सम्भव महत्वपर्ण कार्यमा आम नागरिक समाजको सानो तर महत्वपूर्ण भुमिकाले ठुलो स्थान राख्दछ। यस स्तम्भ मार्फत पोलियो रोग उन्मुलनका रणनीति, पोलियो रोगको वर्तमान अवस्था तथा खोप अभियानमा नागरिक समाजको भूमिकाको वारेमा चर्चा गर्ने प्रयास गरिएको छ।
पच्चिस बर्ष अगाडि सन १९८८ मा सम्पन्न विश्व स्वास्थ्य संगठनको साधारण सभामा विश्ववाट पोलियो रोगलाई उन्मुलन गर्न सकिन्छ भन्ने मान्यताको जन्म भयो र प्रतिवद्धता समेत गरियो। त्यतिवेला संसारका १२५ देशहरुमा पोलियोे रोगको संक्रमण थियो। पोलियोका भाईरस मानिस वाहेक अन्य जीव को शरिरमा जीवित रहन नसक्ने तथा वातावरणमा पनि लामो समय वाँच्न नसक्ने भएका कारण यो रोगलाई विश्ववाटै उन्मुलन गर्न सकिने विज्ञहरुले वताए। मानिसको शरिरमा मात्र जीवन चक्र (ीषभ ऋथअभि) पुरा गर्ने यस भाईरसका विरुद्ध मुखवाट खुवाईने प्रभावकारी पोलियो भ्याक्सिन उपलव्ध थियो।
दक्षिण पूर्व एशियाका देशहरुले स्थानीय आवश्यकता अनुसारको रणनीति अवलम्व गरी आफ्नो देशलाई पोलियो मुक्त देश वनाउने तयारीमा जुटे। नियमित खोपको माध्यम वाट एक वर्ष मुनिका सवै वालवालिकाहरुलाई पोलियो खोपको मात्रा पुरा गर्ने, अभियानको रुपमा सवै वालवालिकाहरुलाई नछुर्टाई पोलियो खोप खुवाउने, निरन्तर पोलियोे रोगीको निगरानी ९ क्गचखभष्ििबलअभ ० गर्ने तथा जोखिम पूर्ण क्षेत्रमा पूरक पोलियो खोप अभियानहरु सञ्चालन गर्ने जस्ता रणनीतिहरु तयार गरी नेपालले पनि २०५३ साल देखि पोलियो खोप अभियानको रुपमा ५ वर्ष मुनिका सवै वालवालिकाहरुलाई प्रत्येक वर्ष पोलियो थोपा खुवाउने कार्यको थालनी गर्यो। २०५३ साल देखि हाल सम्म आईपुग्दा १४ पटक यो खोप अभियान सञ्चालन भैसकेको छ। यस वर्ष १५औं राष्ट्रिय पोलियो खोप अभियानका रुपमा जन्मेदेखि पाँच वर्ष मुनिका सवै वालवालिकाहरुलाई देशभर एकै पटक पोलियो थोपा खुवाईदैछ।
१९८८ मा विश्वका १२५ देशमा फैलिएको पोलियोको संक्रमण हाल आएर पाकिस्तान, अफगानिस्तान र नाईजेरिया ३ देशमा वाँकि रहेको अवस्था छ भने एक पटक पोलियो मुक्त भै पुन महामारी का रुपमा इथियोपिया, केन्या, नाईजेरिया, तथा सोमालिया मा मात्र पोलियोका विरामी फेला परेका छन्। दक्षिण पूर्व एशियाका देशहरुमा बंगलादेश, भुटान, उत्तर कोरिया, माल्दिभ्स, म्यान्मार, इन्डोनेशिया, श्रीलंका, टिमोर र थाईल्यान्डमा विगत ५ वर्ष देखि पोलियोका रोगिहरु देखा परेका छैनन्। छिमेकी राष्ट्र भारतमा १३ जनवरी २०११ देखि नयाँ पोलियोका विरामी देखिएका छैनन्। नेपालमा ३० अगस्त २०१० मा रौतहट जिल्लामा अन्तिम पोलियोको विरामी देखा परेको थियो त्यस पछि विगत ३ वर्ष यता नयाँ पोलियोको विरामी देखा परेको अवस्था छैन।
विश्व स्वास्थ संगठनले कुनै क्षेत्रका देशहरुमा लगातार ३ वर्ष सम्म पोलियोका विरामी फेला परेनन् भने त्यस क्षेत्र भित्र पर्ने देशहरुलाई पोलियो मुक्त देश घोषणा गर्नका लागि सिफरिश गर्दछ। २०१४को फेव्रुअरी सम्ममा दक्षिण पूवी एशियाली देशहरुमध्ये पछिल्लोपटक पोलियोको रोगी देखिएको भारतमा पोलियोका विरामी नभेटिएको ३ वर्ष पुग्नेछ र यस क्षेत्रका नेपाल लगााएत देशहरुलाई पोलियो मुक्त देश भनी घोषणा गरिने लक्ष राखिएको छ। कथं कदाचित यस वीचमा कुनै देशमा नयाँ पोलियो का विरामी फेला परेमा पोलियो मुक्त देश घोषणा गर्ने मिति प्रभावित हुनेछ। त्यसैले पनि यसपटकको पोलियो खोप अभियानमा कुनै पनि वालावालिका पोलियो थोपा खान छुट्न नदिन आम नागरिक समाज सजग हुनु पर्ने भएको छ।
१५औं पोलियो खोप अभियानका रुपमा आज पौष ६ गते शनिवार तथा माघ ११ शनिवार २ चरणमा जन्मे देखि ५ वर्ष सम्मका सवै वालवालिकाहरुलाई देशभर (६८जिल्लामा) पोलियो थोपा खुवाईदैछ। ७ हिमाली जिाल्ला हुम्ला, जुम्ला, डोल्पा, मुगु, मना·, मुस्ता· र सोलुखुम्वुमा हिमपात र चिसोका कारण कठिनाई हुने भएकोले यो अभियान २०७० चैत्र तथा २०७१ वैशाखमा राखिएको छ। कोही पनि वालवालिका नछुटुन भनेर गा.वि.स.का प्रत्येक वडामा पोलियो खुवाउने केन्द्रको व्यवस्था मिलाईएको छ भने नगर पालिकाका प्रत्येक वडामा ३ देखि ७ वटा सम्म केन्द्र राखिएको छ। यस वाहेक निजी अस्पताल , नर्सि· होम र क्लिनिकहरुमा पनि खोप केन्द्र राख्ने प्रयास गरिएको छ। देश भर करिव ५० हजार तालिम प्राप्त स्वयंसेवक प्रत्येक्ष रुपमा यस अभियानमा संलग्न छन्। पायक पर्ने जुनसुकै केन्द्रमा लगेर वालवालिकाहरुलाई पोलियो थोपा खुवाउन सकिने व्यवस्था जनस्वास्थ्य कार्यालयहरुले मिलाएका छन्। भर्खरै जन्मेदेखि देखि ५ वर्ष सम्मको सवै वालवालिकाले खानु पर्ने यो खोप पहिले जतिपटक खाएको भए पनि पोलियो रोगको आयात र संक्रमण रोक्नका लागि अभियानमा खुवाउनै पर्ने हुन्छ।
पोलियो खोप खान पाउनु प्रत्येक वालवालिकाको अधिकार पनि हो। वाल अधिकारको रक्षाको लागि र देशलाई पोलियो मुक्त अवस्था कायम राख्नको लागि पनि प्रत्येक नागरिकको भूमिका महत्वपर्ण देखिन्छ। अभिभावकले आफ्नो र छिमेकका वालवालिकालाई खोप केन्द्र सम्म पुर्याएर, सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले अभियानका गतिविधिमा भाग लिएर, विद्यालयहरुले विद्यार्थीमार्फत घरमा सुचना पठाएर, राजनैतिक पार्टीहरूले आफ्ना कार्यक्रमहरुमा अभियानको चर्चा गरेर, युवा क्लव र वाल क्लवहरुले छुट्ने सम्भावना भएका वालवालिकाहरुको पहिचान गरेर आम नागरिक समाज पोलियो खोप अभियानमा जुटेको पाईएको छ। तपाई हामी पनि आफ्ना र छिमेकका वालवालिकाले पोलियो थोपा खाएको सुनिश्चित गरौं, पोलियो मुक्त राष्ट्र कायम राख्न योगदान पुर्याऔं। अस्तु।
(लेखक जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत हुन् सं.)
Related News
सम्बन्धित समाचार
हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन
हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन
कास्की कांग्रेसको शिखर पुरूषको अवसान
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
hero news full width
मुख्य समाचार
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१