१. संविधानसभाको निर्वाचनमा थोरैमात्र महिलाहरु निर्वाचित भएकोमा त्यो आज सबैको चासो र चिन्ताको विषय भएको छ । निर्वाचनमा एक दर्जनको संख्यामा पनि महिला उम्मेदवार निर्वाचित भएनन् । त्यसो भएकाले अधिकारकर्मीहरु समानुपातिकमा महिलाको संख्या अत्याधिक हुनुपर्नेमा जोड दिन थालेका छन् ।
२.अधिकारकर्मीहरु पार्टीको ढोका घचघचाउन उठदैछन् । पार्टीका नेताहरुलाई अहिले समस्या परेको छ । समानुपातिकमा महिला, दलित, आदिवासी, जनजाति लगायत सबैको समानुपातिक वितरण गर्नुपर्ने उनीहरुको बाध्यता छ । प्रत्यक्ष निर्वाचनमा जनजाति, आदिवासी, दलितहरु पनि ज्यादै न्यून संख्यामा निर्वाचित भएका छन ।
३.अधिकारवादी महिलाहरुको केही संख्याले चुनावपूर्व महिलाले महिलालाई भोट दिनुपर्ने प्रचार पनि गरेका थिए । त्यो अपील सुनिएको भए शायद धेरै महिला प्रतिनिधिहरु निर्वाचित हुन्थे । गत संविधानसभामा भन्दा अहिले न्यून संख्यामा निर्वाचित हुन अधिकारवादीहरुको दृष्टिमा चिन्ताको विषय हो ।
४.हाम्रो समाज पितृप्रधान समाज हो । यहाँ पुरुषहरुको बोलवाला छ । त्यसमा पनि धर्मशास्त्र र पुराणहरुले पनि भेदभावको नीति लिइरहेका छन् र पुरुषहरुलाई माथिल्लो तहमा राखेका छन् । तर त्यो भेदभावको विरुद्धका महिलाहरुको सशक्त आवाज बुलन्द हुन सकेको छैन । धर्मशास्त्रको विधि-विधानअनुसार हाम्रो संस्कार र परम्परामा निर्धारित भएका छन् ।
५. महिलालाई देवी पनि भनिन्छ, कन्या अवस्थामा पुजिन्छ पनि । तरुनी भएपछि उनीहरु नै बलात्कृत हुन्छन् । अझ तिनै महिलाहरुलाई बोक्सी र अलच्छिनीसमेत भन्छन्, घरपरिवारबाट निकालिन्छन् । र, एकजना महिला अबला बनेर तिरस्कृत हुन्छिन् । हाम्रो समाजको यो एक वास्तविक चित्र हो ।
६. हामी क्रान्तिका कुरा गछौ, परिवर्तनका कुरा गछौ तर घरपरिवारमा हेर्दा महिला सदस्यले कुनै न कुनै किसिमले यातना भोगिरहेका पाउँछौ । महिलाबाट महिला शोषित भएको पनि प्रशस्त देखिन्छन् । हामी बहुविवाहको विरोध गर्दछौ तर दोस्रो श्रीमती भएर जानेहरु पनि प्रशस्त भेटिन्छन् । यस्ता कुरामा परिवर्तन ल्याउन अझ हामीले हाम्रो मानसिकतामा धेरै परिवर्तन गर्नुपर्दछ ।
७. तर यस्तो परिवर्तन त्यसै आउँदैन । त्यसको लागि गहन चिन्तन र मनन्को खाँचो पर्दछ । चेतनाको आवश्यकता पर्दछ । शिक्षाको ज्योति प्रज्वलित पार्नुपर्दछ र काम कुराहरुमा महिलाहरुको कुरा सुन्ने र महिलाहरुलाई प्राथमिकता दिने बानी बसल्नुपर्दछ । संविधानसभामा पनि उनीहरुलाई प्राथमिकता दिएर छनौट गर्नुपर्दछ । यस्तो बानीलाई हामीले संस्कृतिको रुपमा विकास गर्नुपर्दछ । परम्परा र संस्कृति भएपछि त्यो लामो समय टिक्छ र त्यसले सहजता पनि प्राप्त गर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१