१.चुनाव आउन अब एक महिना बाँकी छ। उम्मेदवारहरू मतदाताका घर आँगनमा पुगिरहेका छन्। तर उनीहरूको हातमा पार्टीको घोषणापत्र छैन, न कि कुनै प्रतिबद्धतापत्र नै छ। पार्टीला नेताहरू मुखले लंका हाँक्छन् तर काम समयमा गर्न सक्दैनन् भन्ने कुरा घोषणापत्र तैयारीमा नै देखिएको छ। यो पंक्ति लेखिँदासम्म ठूला पार्टीको घोषणापत्र विधिवत् सार्वजनिक भएको छैन।
२. उनीहरूले समयमै घोषणापत्र सार्वजनिक गर्न नसकेकाले घोषणापत्रमा समावेश गरिएका पार्टीला कुराहरू केही कुनै स्रोतबाट बाहिर ल्याएका छन्। जति कुरा बाहिर आएका छन्, त्यो हेर्दा संविधान बनाउने कुरामा उनीहरू अझै नजिक हुन नसकेको स्पष्ट देखिन्छ। हिजो जे-जति कुरामा उनीहरूबीच मतभेद थिए, ती कुरा अहिले पनि यथावत् रहेको देखिन्छ।
३. सङ्घीयताको स्वरूप र नामाकरण तथा शासकीय स्वरूपमा उनीहरूले आफ्नो अडान फेरेको पाइँदैन। संविधानसभा विघटन भएर यतिका समय वित्दा पनि उनीहरूले आपसमा मतभेद भएका ती विषयमा के-कसरी सहमतिमा पुग्ने भन्ने सम्बन्धमा उनीहरूले कहिल्यै छलफल र विचार विमर्श गरेनन्। जसको कारण विवाद जहाँको तहीँ रहेको प्रष्ट छ।
४. नेताहरूले हिजोका विवादित विषयमा हामी यसरी सहमतिमा पुग्छौं भन्ने आश्वासन दिनु आवश्यक छ। आफ्नो अडानमात्र देखाएर राष्ट्रको समस्या समाधान हुन सक्दैन। जनतालाई आश्वस्त पार्ने कुराहरू घोषणा पत्रमा समावेश हुनु आवश्यक छ। जनता विकास र निर्माण चाहन्छ। आर्थिक उन्नति चाहन्छ र त्यसको पहिलो शर्त हो संविधानको निर्माण।
५. पहिलो संविधानसभा संविधान बनाउन नसकेर त्यसै विघटन भयो। अबौर्ंको रकम खेर गयो। महत्त्वपूर्ण चार वर्ष त्यसै वित्यो। संविधान बनाउँछौं भन्दाभन्दै उनीहरूले संविधान बनाउन सकेनन्। जनतालाई ढाँटे। असफलताको दोष अरूमाथि थुपारेर आफू पानीमाथिको ओभानो बन्ने प्रयास गरे।
६. जिम्मेवार ठाउँमा पुगेपछि जिम्मेवारी वहन गर्न पनि सक्नुपर्दछ। आफ्ना कमीकमजोरी केलाउन पनि सक्नुपर्दछ। पार्टीको अडानमात्र ठूलो कुरा होइन, देशको यस्तो स्थितिमा सहमति ठूलो कुरा हो। सहमतिमा पुग्नु ठूलो कुरा हो। पार्टीको अडान भन्दै चार वर्षको महत्त्वपूर्ण समय गुमेको अब कसैले बिर्सनुहुँदैन।
७ मुखले बोलेको कुरा व्यवहारमा पुर्याउनुपर्दछ। घोषणापत्रमा पनि सपना बाँड्ने कुरा होइन, गर्न सक्ने कुरा लेख्नुपर्दछ। यथार्थवादी हुनुपर्दछ। छलकपट र सर्वसाधारणलाई झुक्याउने शब्दावली प्रयोग गर्नुहुँदैन। कुरा होइन, घोषणापत्र छिटो ल्याउनुपर्दछ। अब ढिलाई गर्नु आफै पछि पर्नु पनि हुन सक्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१