१. गृहमन्त्री माधवप्रसाद घिमिरेले सरकारले उम्मेदवारदेखि मतदाता केन्द्रित सुरक्षा योजना बनाएको उल्लेख गरेका छन्। गृहमन्त्री घिमिरेले सरकारको एकीकृत सुरक्षा योजना अनुसार अब क्षेत्रीय, जिल्ला र मतदान स्थल केन्द्रित सुरक्षा योजना बनाएर अघि बढ्ने कुरा पनि बताए। उनले नेपालगञ्जमा सुरक्षा संयन्त्रको उद्घाटन गर्दै बताएका हुन्।
२. बारा जिल्लाको क्षेत्र नं. ४ का उम्मेदवार महमुद आलमको गोली प्रहारबाट गम्भीर रूपमा घाइते भएको सर्न्दर्भमा उम्मेदवारमा भय र त्रासको वातावरण छाएको छ। खास गरेर तराई क्षेत्रका उम्मेदवारहरू र अधिकाँशले सरकारको सुरक्षा व्यवस्थामा गम्भीर त्रुटि भएको औंल्याएका छन्। सरकारले गोली प्रहार गर्नेहरूको पहिचान समेत गर्न सकेको छैन।
३. हामीकहाँ गोली प्रहारबाट धेरैको हत्या भएको छ। त्यस्तो काण्डमा मुस्लिलम अग्रजहरूको ज्यान गएको छ। त्यस्तो प्रकरणमा सरकारले आयोग र समिति गठन गरी सोधखोज र अनुसन्धान गर्ने पनि गरेको छ। तर त्यस्तो आयोग र समिति निस्प्रभावी रहेको तिनीहरूको प्रतिवेदनले बताएका छन्।
४. आयोग र समितिले आफूलाई सुम्पेको अधिकार अनुसार अनुसन्धान र सोधखोज गर्दछन्। तर जब तिनीहरूले अपराधीहरू सीमापारिबाट आएका र त्यसमा अन्तर्राष्ट्रिय आपराधिक समूह संलग्न रहेको देख्छन्, अनि त्यो हत्या प्रकरण अदृश्य शक्तिद्वारा गरिएको झैं हुन्छ। त्यसमा केही कुनै कारबाही र सोधखोज हुँदैन। यो हाम्रो विडम्बना हो।
५. त्यस्तो हत्या प्रकरणका अपराधी पक्रनु त परको कुरा हो, तिनीहरू को हुन्, कहाँबाट सञ्चालित छन् भन्ने कुरा समेत प्रष्ट रूपमा बाहिर आउँदैन। अपराधीहरू खुल्लम खुल्ला आएर दिउँसै र सबैका सामु गोली प्रहार गर्ने तर हामीले तिनीहरूको पहिचान समेत गर्न नसक्दा हामी कति कमजोर अवस्थामा रहेछौं भन्ने देखाउँछ।
६. बारा प्रकरणका अपराधीहरूको पनि पहिचान भएको छैन। यतिञ्जेल तिनीहरूको पहिचान समेत नभएबाट त्यहाँ र वरपर एउटा भयभीत वातावरणको सिर्जना भएको छ। त्यसैले त्यहाँका सम्पूर्ण प्रायः उम्मेदवारले सुरक्षा गार्डको माग गरेका छन्। सरकारले तिनीहरूलाई आवश्यकता अनुसार सुरक्षा दिने बचन पनि दिएको छ।
७. यी सबैको परिप्रेक्षमा गृहमन्त्री घिमिरेले एकीकृत सुरक्षा योजना लागू गर्ने जुन उद्घोष गरेका छन्, त्यसले निश्चय नै एउटा विश्वासको वातावरण सिर्जना गर्नेछ भन्ने हामीलाई लागेको छ। एकीकृत सुरक्षा योजना कागजमा मात्र सीमित नहोस्, त्यो व्यवहारमा प्रष्ट देखियोस्, सर्वसाधारण र सबैले शान्ति सुरक्षा अमनचैनको अनुभूति गर्न पाउन्, यही हाम्रो आग्रह छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१