१. आज हामी फेरि एकपटक पर्यटनका सम्बन्धमा चर्चा गर्न लागेका छौं। पर्यटकलाई आकषिर्त गर्न यस्तो गर्नुपर्दछ, उस्तो गर्नुपर्दछ भनेर भन्दै छौं। हामीले यस सम्बन्धमा चर्चा धेरै गर्दछौं तर पर्यटकको आगमन त्यसरी बढेको छैन। कहिलेकाहीँ र कुनै-कुनै महिना अघिल्लोको तुलनामा घटेको पनि रिर्कर्ड छ।
२. पर्यटन व्यवसाय अरु व्यवसायभन्दा अपेक्षाकृत राम्रो व्यवसाय हो। पर्यटन व्यवसायले एकातिर विदेशी मुद्रा आर्जन गर्न ठोस सघाउ पुर्याउँछ भने अकोर्तिर यसले वातावरणमा नराम्रो असर पार्द्न। अहिले हाम्रो देशले हेर्नुपर्ने मुख्य कुरा वातावरण पनि हो। वातावरण प्रदुषण अहिलेको मुख्य समस्या हो।
३. पर्यटनका लागि हाम्रो देश राम्रो मानिन्छ। यहाँको जलवायु हिमाल, पहाड, खोंच आदि पर्यटकका आकर्षक हुन्। यहाँको सांस्कृतिक कला, भेषभूषा पनि उनीहरूले उत्तिकै मन पराउने गर्दछन्। साथै अतिथि देवो भव भन्ने उक्ति पनि नेपालीको बानी व्यवहारमा परिलक्षित हुने गरेको छ। यी सबै हाम्रा निधि हुन्।
४. यी सबै भएर पनि देशमा भएको राजनीतिक अन्यौल र अस्थिरताले पर्यटन उद्योगलाई बराबर हतोत्साह बनाउने गरेका छन्। राजनीतिक पार्टीहरूले गर्ने बन्द हडतालले पर्यटकको आवागमनमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ। पर्यटन उद्योगलाई बढावा दिने हो भने बन्द हडतालको संस्कृतिलाई सधैँका लागि बन्द गरिनुपर्दछ।
५. पर्यटन उद्योग मुख्य तथा प्रचारमा निर्भर गर्दछ। प्रचार अपेक्षाकृत रूपमा भएको सबैले महसुस गरेका छन्। तैपनि यसलाई सशक्त किसिमले अघि बढाउने तिर सारभूत प्रयास भएको छैन। प्रचार-प्रसारमा निजी क्षेत्र र सरकारी क्षेत्र दुवै मिलेर गर्नुपर्दछ र विदेशमा अनुकूल वातावरण भएको सन्देश प्रवाहित गर्नुपर्दछ।
६. लुम्बिनी भ्रमण वर्ष घोषणा गरेर त्यही देशीविदेशीहरू जानेको सङ्ख्या केही बढेको थियो। त्यसबाट लुम्बिनीको प्रचार पनि भयो। त्यस्तै गरी मुक्तिनाथ भ्रमण वर्ष, जनकपुर भ्रमण वर्ष आदि किन घोषणा नगर्ने – त्यतातिर सम्बद्ध पक्षको ध्यान जानु आवश्यक छ। पोखरा भ्रमण वर्ष घोषणा गरियो भने निश्चय नै त्यस वर्ष पोखरा आउनेको सङ्ख्या बढेको छ।
७. परम्परावादी किसिमले सोचेर मात्र हुँदैन। केही नयाँ तौरतरिका पनि अपनाउनुपर्दछ। ग्रामीण पर्यटनको अवधारणाले राम्रो नतिजा दिएको उदाहरण हाम्रोसामु छ। हामीले एकातिर पर्यटकको सङ्ख्या बढाउनुपर्दछ भने अकोर्तिर उनीहरूको बसाइँ लम्ब्याउने प्रयास गर्नुपर्दछ। त्यसको लागि नयाँ-नयाँ पर्यटकीय क्षेत्र पत्ता लगाउनुपर्दछ र तिनीहरूको प्रचार-प्रसार गर्नुपर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१