१. देशमा चुनावको लहर आउन लागेको छ। चुनावकालका लागि राजनीतिक पार्टीहरूले घोषणा पत्र बनाउने तयारी गरिरहेका छन्। घोषणापत्रमा राजनीतिका साथै अार्थिक नीति पनि उल्लेख गर्ने चलन छ। फेरि देशलाई विकास पक्षमा लैजाने मुख्य भूमिका आर्थिक पक्षले गर्दछ। हाम्रो जस्तो अल्प विकसित देशको लागि आर्थिक नीति बडो महत्त्वपूर्ण हुन्छ।
२. तर देशका राजनीतिक पार्टीहरूबीच आर्थिक पक्षका सम्बन्धमा त्यति छलफल विचार-विमर्श भएको छैन। तिनीहरुका बीच त्यसरी विचार विमर्श नभएकोले आर्थिक नीतिका सम्बन्धमा तिनीहरुका छुट्टाछुट्टै धारणा रहने गरेको छ। त्यस्तो छुट्टाछुट्टै धारणा र कहिले कोही विपरीत धारणासमेत हुने भएकाले एउटा पार्टीसत्तामा आए एउटा नीति र अर्को पार्टीसरकारमा रहे अर्को नीति हुने गर्दछ।
३. सरकारपिच्छे नीति-नियम परिर्वतन हुँदा लगानी गर्नेहरु लगानी गर्न हिचकिचाएका धेरै उदाहरण छन्। आÇनो श्रीसम्पत्ति सबै लगानी गरेर पछुताएकाहरु पनि छन्। केही वर्षदेखि देशको आर्थिक नीतिमा आएको परिर्वतन र उतारचढावले देशको उत्पादन घटेकोमात्र छैन, लगानीकर्ताहरु पलायन नै भएका छन्।
४. जसको कारण देशको आयात निर्यातमा असन्तुलन बढेको छ। आयातको मात्रा बढ्दै गएको छ भने निर्यात बढाउन सकिएको अवस्था छैन। जसको परिणाम व्यापार व्यवसाय घाटा प्रत्येक वर्ष बढ्दै गएको छ। त्यसरी व्यापार घाटा बढ्नु हामी कसैको लागि पनि हितकर छैन। त्यसकारण राजनीतिक नेताहरुले आर्थिक नीतिमा एकरुपता ल्याउने प्रयास गर्नुपर्दछ।
५. अहिले घोषणापत्र लेख्ने बेलामा देशले के कस्तो आर्थिक नीति अपनाए भने विकासको गति बढ्छ र देशबासीका जीवनस्तर उच्च हुन्छ । त्यस दिशातिर किंचित भए पनि विचार-विमर्श गर्नुपर्ने कुरामा हामी जोड दिन चाहन्छौं र यस दिशातिर नेताहरुको ध्यान आकषिर्त गर्न चाहन्छौं।
६. विश्वमा साम्यवाद छ। समाजवाद छ र लोकतन्त्र छ। राजनैतिकवादको लागि हाम्रो देशमा धेरै तानातान छ तर आर्थिक नीतिबारे किंचित पनि छलफल नहुनु विडम्बनाको कुरा हो। आर्थिक पक्षलाई त्यत्ति वेवास्ता गरिनु हुँदैन। देश विकास गर्ने कुरा राजनीतिले भन्दा आर्थिक नीतिले गर्ने रहेछ भन्ने कुरा विभिन्न देशको इतिहासले देखाएको छ।
७. चीनले कुन आर्थिक प्रणाली अपनाएर विकास गरिरहेको छ, त्यो हाम्रो सामु छ। त्यस्तै अर्को छिमेकी भारतले के गरिरहेको छ, त्यो पनि हामीले देखिरहेका छौं। ती सबैको अध्ययन गरेर हामीले हाम्रो देशको लागि के कस्तो आर्थिक प्रणाली अपनाउने त्यसमा मोटामोटी सहमति भएमा आर्थिक नीतिले एक निर्दिष्ट दिशा पक्रने छ। लगानी गर्नेहरु आकषिर्त हुने छन् र निर्वाचनपश्चात् आर्थिक पक्षमा गति थपिएर अग्रगामी हुनेछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१