१. संविधानसभाको चुनावमा सबै दलले भाग लिनुपर्दछ भन्ने जनताको चाहना पूरा नहुने जस्तो भएको छ। चुनावको पक्षमा रहेका र विपक्षमा रहेका पार्टीरूको वार्ता असफल हुने अवस्थामा पुगेको छ। उच्चस्तरीय राजनीतिक समिति र मोहन वैद्यको नेकपा-माओवादीबीचको वार्ता त्यसै टुङंगनिे जस्तो छ।
२. वार्ताकार दुवै पक्षले आफ्नो पक्षले हदैसम्मको लचिलो भएर प्रस्तुत भएको जनाएका छन्। बाहिर भन्दा हदैसम्मको लचिलो भन्ने भित्र आफ्नो कुरा पटक्कै नछोड्ने प्रवृत्तिले वार्तालाई सफलताको सिंढी उक्लन दिएको छैन। वार्ता असफल भयो भने त्यो देश र देशवासीका लागि एक दुर्भाग्य नै हुने छ।
३. अझै समय छ। लचिलो भएर पराजित हुने होइन। त्यो त्रास कसैले नलिए हुन्छ।हामीले पहिले पनि भन्दै आएका छौं कि त्यसबेला माओवादीसँगको व्यवहारमा गिरिजाप्रसाद कोइराला हदै लचिलो भएका थिए। उनी त्यत्ति लचिलो भएकामा उनकै पार्टीका नेताहरूले समेत असन्तोष जाहेर गरेका थिए। त्यसो गरेर भए पनि उनले माओवादीलाई मूलधारमा ल्याए। जसको परिणाम देशले शान्ति पायो भने उनको कद रातारात आकासियो।
४. गिरिजाप्रसादसँग हस्ताक्षर गर्ने व्यक्तिका नाताले पुष्पकमल दाहाल सबभन्दा बढी लचिलो हुनुपर्ने हो। तर उनैले वैद्य पक्ष चुनाव आउने सम्भावना नै छैन भन्दै सबभन्दा कठोर बन्दैछन्। भरखर छुट्टएिका दाजुभाइ सबभन्दा ठूला शत्रु भनेजस्तै अहिले उनीहरू भएका छन्। यस्तो अवस्थामा नेपाली काङ्ग्रेस र एमालेले त्यो अवस्थाको महसुस गरेर वातावरण मिलाउनुपर्दछ।
५. लोकतन्त्रको एक अङ्गको रूपमा रहेको चुनाव प्रक्रियामा आउन कम्युनिष्टहरूलाई पहिलो पटक अप्ठ्यारो पर्दछ। उनीहरूको स्कुलिङ नै त्यस्तै किसिमले भएको हुन्छ। संसद्वादी पार्टीभने पछि उनीहरू अलि हेप्ने गर्दछन्। तर ढिलोचाँडो उनीहरू पनि त्यही प्रक्रियामा समाहित भएको इतिहास छ। वैद्य पक्षलाई अहिले त्यही मुस्किल पनि छ।
६. वैद्य पक्षले चुनाव सक्रिय बहिस्कार गर्ने, चुनाव हुनै नदिने जुन कुरा भन्दैछ, त्यो पनि त्यत्ति सजिलो छैन। चुनाव नभए मुलुकमा के हुन्छ भन्ने विकल्प कतै छैन। विकल्प अघि नसारी गरिएको व्रि्रोह अन्धकारमा ढुङङ्गा हान्नुजस्तै हो। अन्धकारमा ढुङ्गा हानेर फल झार्न सकिँदैन। फेरि स्थिति पहिलेजस्तो पनि छैन।
७. अशोक राई र उपेन्द्र यादवहरूले पनि सोच्नुपर्दछ कि जमिनको कुरा टिप्छु भन्दा गोजीको कुरा जमिनमा नखसोस्। शक्ति भनेको आफूमात्र होइन, अरु पनि छन्। सबैले आ-आफ्नै किसिमले स्थितिको मूल्याड्ढन गरिरहेका छन्। धमिलो पानीमा माछा मार्न सबै अघि सर्छन्। अवसरवादी प्रतिक्रियावादीहरूले फाइदा उठाउन नपाउन् भनी काम गर्नु आजको आवश्यकता हो। हार र जीतको कुरा अहिले बिसर्नु आवश्यक छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१