१. लामो समयको प्रयासपश्चात् उच्चस्तरीय राजनीतिक समिति र चुनावको विपक्षमा विभिन्न घटकहरूबीच छुट्टा छुट्टै वार्ता भएको छ। पूर्व र पश्चिम र्फकेर बसेका राजनीतिक पार्टीबीच वार्ता भयो मात्र भन्दा पनि सर्वसाधारणको मनमा अब त होला कि भन्ने आशा पलाउँछ। पहिलो चरणको वार्ता सौहार्दतापूर्वक भएको छ।
२. तर वार्ताको दोस्रो चरण पूरा नहुँदै ती दुवै पक्षले आ-आफ्नो विचार बाहिर सार्वजनिक गरेका छन्। त्यसरी सार्वजनिक भएको विचार अनुसार मोहन वैद्यको नेतृत्वमा रहेको नेकपा-माओवादीसँग उच्चस्तरीय राजनीतिक समितिको सहमति हुन नसक्ने देखिन्छ भने उपेन्द्र यादव नेतृत्वको फोरम र अशोक र्राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीग केही अरु प्रयास गरिएमा सहमति हुने देखिन्छ।
३. वैद्यको नेतृत्वको नेकपा-माओवादी चुनाव बाहिस्कारको लागि निरन्तर अघि बढिरहेको छ भने उच्चस्तरीय राजनीतिक समितिका नेताहरू पनि त्यो पार्टीग सहमति हुने लक्षण देख्दैनन्। अस्ति एक कार्यक्रमका लागि पोखरा आएका समितिका संयोजक समेत रहेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि वैद्य पक्षसँग सहमति हुने सम्भावना नभएको बताए।
४. अध्यक्ष दाहालले बहिस्कार गर्नेहरूलाई गाउँबाट धपाएर पठाउनुपर्ने विचार व्यक्त गर्दै त्यसको लागि आफूले वाईसीएललाई निर्देशन दिइसकेको पनि बताए। अध्यक्ष दाहालले त्यस्तो भन्नु र उता वैद्य पक्षले पनि आफ्ना कार्यकर्तालाई बहिस्कारको प्रशिक्षण दिइरहेको भन्नु दुवै अतिवाद हो। अतिवादले समस्या समाधान हुँदैन।
५. देशलाई अहिले चाहिएको मुठभेड होइन, हार र जीत होइन, सहमति हो। चुनावको लागि सबै पक्षले सहमति गर्नुपर्दछ। सहमतिमा आउनुपर्दछ। दाहाल पक्ष र वैद्य पक्ष भरखरै छुट्टएिकाले तिनीहरूकाबीच पूर्वाग्रह छ, वैमस्यता छ। एकले अर्कोलाई दबाउने र पराजित गर्ने भावना छ। आफूलाई बलियो देखाउने अहंकार छ।
६. त्यस्तो भावना वार्ताको लागि बाधक छ भने सहमतिको लागि अभिशाप। फेरि ती दुर्इ पक्षमा मात्र त्यस्तो छ भन्न खोजिएको होइन। अशोक र्राई र एमाले नेताहरूमा पनि केही हद्तक त्यस्तै छ। त्यस्तै अरुमा पनि छ। वार्तामा स्वच्छ भावनाले बस्नुपर्दछ र पार्टी तहभन्दा माथि उठेर देश र जनताको पक्षमा के गर्न सकिन्छ भनी सोच्नुपर्दछ।
७. सिद्धान्तको किल्ला समातेर मात्र हुँदैन। राष्ट्रियताको बिल्ला पनि लगाउनुपर्दछ। देश र जनतालाई केन्द्र विन्दुमा राखेर सोच्नुपर्दछ। विकल्प दिनु पनि पर्दछ। राम्रो गर्ने भन्दै देशलाई अन्धकारमा घचेट्नुहुँदैन। देश र जनताले धेरै दुःख पाइसकेका छन्। यो निर्वाचनबाट केही उज्यालो देखिन्छ भन्ने जनताको आशा हो। जनआशा र अपेक्षालाई पूरा गर्न नेता र नेताको पार्टीले काम हो। कर्तव्य हो। त्यो कर्तव्य निर्वाह गर्न सबै लाग्नुपर्दछ र एउटा सहमतिमा पुग्नुपर्दछ भन्ने हाम्रो आग्रह छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१