१. काठमाडौं उपत्यकालगायत देशको विभिन्न भागमा बर्ड फ्लुको सङ्क्रमण बढ्दो अवस्थामा रहेको छ। बर्ड फ्लु एक पोल्ट्री फार्मबाट अन्य ठाउँमा सर्ने कुरा त सामान्य हो, तर हामीकहाँ त्यसको सङ्क्रमण मानिसमा पनि सर्ने हो कि भन्ने भय व्याप्त भएको छ। मानिस त्यसबाट सङ्क्रमित भयो भने त्यो खतरा हुन सक्छ।
२. अन्यत्र बर्ड फ्लुको सङ्क्रमण मानिसमा फैलिएको सुनिएको छैन। तर भक्तपुरमा बर्ड फ्लु सङ्क्रमित कुखुरा गाडेको ठाउँका वासिन्दा विरामी हुन थालेपछि त्यसले भय र त्रास जन्माएको छ। भक्तपुर-२, जगातीका वासिन्दामा रुघाखोकी, ज्वरो, रिंगटा लाग्ने, वाककाकी हुने, खान मन नलाग्नेजस्ता लक्षण देखिएको समाचार छ।
३. त्यस स्थाननेर केही दिन पहिले एउटै र्फमका पाँच हजारभन्दा बढी कुखुरा गाडिएको थियो। त्यसरी कुखुरा गाडिएको ठाउँको वरपरका वासिन्दा अहिले विरामी पर्न थालेका छन्। स्थानीयका अनुसार ती विरामी कुखुरा राम्ररी नगाडिएको, कुखुरा नष्ट गर्ने क्रममा निस्केको रगत जताततै चुहिएकोले त्यस्तो भएको हुन सक्छ।
४. बर्ड फ्लु कुखुराको सुली, मललगायत र्फममा प्रयोग गरिने सामग्रीबाट सर्ने भएकाले पोल्टी फार्मका कुखुरा नष्ट गर्ने बेलामा ती सबै सामग्रीको राम्ररी व्यवस्थापन गर्नुपर्दछ। तर अहिले सम्बन्धित पक्षले कुखुरा नष्ट गरी खाडलमा गाड्नुलाई नै सबै थोक सम्झेर काम गरिरहेको आरोप स्थानीयको छ।
५. जगाती क्षेत्र भएर ओहोरदोहोर गर्दा पनि दुर्गन्ध फैलिएको जो कोहीले पनि अनुभव गरेका छन्। सरकारको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा भक्तपुरले त्यस क्षेत्रमा मानव सङ्क्रमणको सम्भावनालाई दृष्टिगत गरी निगरानी जारी रहेको बताएको छ। नेपालमा यसअघि पनि मानिसमा यो रोगको सङ्क्रमण भएको छैन।
६. यो एक खुसीको कुरा हो कि हाम्रो देशमा देशवासीमा यो रोग देखिएको छैन। यो रोग मानिसमा सङ्क्रमित भए यो रोग खतरा हुन्छ भन्ने विशेषज्ञहरूको भनाइ छ। यस कारण त्यो खतराको भयावहलाई दृष्टिगत गर्दै पोल्टी फार्म, रोग देखिएको पोल्टी र्फम र रोगी कुखुराको नष्ट गर्ने विधिविधानमा ध्यान दिनु आवश्यक छ।
७. मासु पसलमा कहीँकतै साना चल्लाको मासु पनि देखिएको सुनिन्छ। साधारणतया कुखुराको चल्ला मारिँदैनन्। त्यसरी पसलमा राखिएको भए त्यो रोगी चल्ला हुनुपर्दछ। रोग लागेको पोल्ट्री फार्मबाट रातारात कुखुरा अन्यत्र सप्लाई गर्ने गरेको कुरा नसुनिएको होइन। मानिसको जीवन नै खतरा हुने त्यस्तो काम पोल्ट्री फार्महरूले गर्नुहुँदैन र सरकारले पनि त्यसमा कडाइका साथ निगरानी राख्नुपर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१