१. भारतको संसद्मा प्रमुख प्रतिपक्षी दल रहेको भारतीय जनता पार्टीका खैलाबैला मच्चिएको छ। भारतीय जनता पार्टीका शीर्ष नेता लालकृष्ण आडवाणीले पार्टीको विभिन्न पदबाट राजीनामा दिएपछि त्यो पार्टीका खैलाबैला मच्चिएको हो। उनको राजीनामा फिर्ता गराउन पार्टीका वरिष्ठ नेताहरू लागिपरेका छन्। तर उनले राजीनामा फिर्ता लिन मानेका छैनन्।
२. भाजपाका शीर्ष-नेता आडवाणी केही समयदेखि पार्टीका गतिविधिहरूबाट असन्तुष्ट थिए। गोवामा आइतबार भएको कार्यसमितिको बैठकले मुख्यमन्त्री नरेन्द्र मोदीलाई राष्ट्रिय चुनाव प्रसार-प्रसार समितिको अध्यक्ष बनाएपछि उनको राजीनामा आएको हो। उनी त्यो बैठकमा पनि उपस्स्थित भएनन्। भाजका नेताहरू आगामी चुनावमा नेता मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने अवस्थामा पुगेका छन्।
३. हिन्दूवादको आधारमा सञ्चालित भारतीय जनता पार्टीएक अनुशासित पार्टीभनेर चिनिन्थ्यो। त्यसको अनुशासन कडा थियो। भाजपा हुनुभन्दा पहिले त्यो पार्टीजनसङ्घको नामले चिनिन्थ्यो। जनसङ्घ अत्यन्त कट्टर पार्टीथियो। त्यसमा हिन्दूवादी स·ठनहरूको प्रत्यक्ष प्रभाव रहन्थ्यो। बाल ठाकरे र राष्ट्रिय स्वयंसेवक सङ्घले कतिपय कुरामा प्रत्यक्ष हस्तक्षेप गर्दथे।
४. इन्दिरा गान्धीले सड्ढटकाल लगाएपछि जयप्रकाश नारायणको आÞवानमा विपक्षी पार्टीहरू एक भए। जयप्रकाश नारायणले जनसङ्घलाई समेत सामेल गरी जनता पार्टीबनाए। जनता पार्टीले चुनाव जित्यो। भोरार्जी देशाईको नेतृत्वमा गठित सरकारमा अटलविहारी वाजमेयी परराष्ट्रमन्त्री र लालकृष्ण आडवाणी सूचना मन्त्री भए।
५. त्यसबेलादेखि ती नेताहरूमा कट्टरता केही कमी भयो। जनता पार्टीफुट्यो र उनीहरूले भारतीय जनता पार्टीबनाए। पछि भाजपाले चुनाव जित्यो। र वाजपेयी प्रधानमन्त्री बने। आडवाणी उपप्रधान तथा गृहमन्त्री भए। सत्तामा पुगेपछि त्यो पार्टीकेही व्यवहारिक पनि देखियो। तर त्यसको मूल्य र मान्यतामा ह्रास आयो।
६. अनुशासन तथा मूल्य र मान्यतामा आएको ह्रासको स्स्थिति शीर्ष नताहरूको चिन्ताको विषय रÞयो। त्यस्तो स्स्थिति नआओस् भनेर आडवाणीले प्रयास गरे तर सकेनन्। आफूले भनेको जस्तो नहुनासाथ पार्टीछोड्ने र चुनाव आयो भने फेरि त्यसरी छाडेलाई खोजीखोजी ल्याउने गरिँदा अनुशासन तोड्नेहरू प्रोत्साहित भए।
७. आडवाणीले भनेजस्तै गरी पार्टीसञ्चालन नभएकाले उनले पार्टीका विभिन्न पदबाट राजीनामा गरेका हुन्। उनलाई राजीनामा फिर्ता लिन लगाउन एकथरि नेताहरू तुरुन्त लागिपरेका छन्। दुर्इ-चार दिन यो विषय जटिल बन्दै जाने देखिन्छ। तर कहाँ गएर र कसरी यो समस्याको समाधान हुन्छ, अहिले भन्न सकिने स्स्थिति भने छैन। भाजपाको लागि यो ठूलो भूकम्पसरह हो।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१