पोखरा । विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस पोखरामा पुस्तक साटासाट गरी मनाइएको छ । ¥यान्डम रिडर्स सोसाइटीले मंगलबार आयोजना गरेको एक समारोहमा उपस्थित करिब ५० जनाले आपसमा पुस्तक साटासाट गरेर पुस्तक दिवस मनाए ।
र्यान्डम रिडर्स सोसाइटीले हरेक वर्ष पुस्तक दिवस (२३ अप्रिल) मा पुस्तक आदानप्रदानसँगै विविध कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष रुपिन्द्र प्रभावीले बताए ।
कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले पुस्तकका माध्यमबाट जीवन बुझ्न सघाउ पुग्ने बताए ।
युनेस्कोले मानव जातिको आवश्यकता महसुस गरी विभिन्न दिवसहरूको घोषणा गर्ने क्रममा स्थापित पुस्तक दिवस निकै महत्वपूर्ण भएको उनले बताए । पुस्तक दिवसले पठन संस्कृतिको विकासमा विशेष भूमिका खेलेको उनको भनाइ थियो । कतिपयले पुस्तक देख्न नपाएका र देख्न पाए पनि पढ्न नपाएका व्यक्तिहरू आज पनि विश्वमा रहेको बताउँदै उनले पढ्न बाँकी विश्वका मानिसले पनि पुस्तक पढन् पाउन् भन्ने कामना गरे ।
सोही अवसरमा सोसाइटीले साहित्यकार प्रकट पगेनी ‘शिव’ को स्मृतिमा श्रद्धाञ्जली सभा गर्दै उनको स्मरण गरेको थियो ।
संस्थाका अध्यक्ष रुपिन्द्रको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
१०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
नवीन माविका विद्यार्थीलाई मानव अधिकारबारे प्रशिक्षण
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१