पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर देवकोटालाई सम्मानसहित बिदाइ गरिएको छ ।
कन्या क्याम्पसमा ३० वर्षको प्राध्यापनपछि उनीहरु अनिवार्य अवकास भएका हुन् ।
कलेज परिसरमा भएको बिदाइ समारोहमा प्राध्यापक संघका उपसभापति भूमिराज पण्डितले स्वागत मन्तव्य राखेका थिए । प्राडा नरहरि गौतमको व्यक्तित्वमाथि उपप्राध्यापक बलराम भट्टराईले, सहप्राध्यापक घनबहादुर थापाको व्यक्तित्वमाथि उपप्राध्यापक दीपेन्द्रराज रेग्मीले र उपप्राध्यापक राजेन्द्रबहादुर देवकोटाको व्यक्तित्वमाथि उपप्राध्यापक दुर्गाराज रेग्मीले प्रकाश पारेका थिए ।
प्राध्यापकहरुलाई फूलको गुच्छा, मायाको चिनो, सम्मानपत्र र दोसल्ला ओढाइ क्याम्पस र प्राध्यापक संघबाट संयुक्तरूपमा बिदाइ गरिएको हो । बिदाइ हुने प्राध्यापकहरूले क्याम्पस प्राध्यापनको आ–आफ्ना लामो अनुभवका साथै शिक्षाको वर्तमान परिस्थितिको बारेमा बताउँदै क्याम्पसले गुणस्तर सुनिश्चितता प्रमाणपत्र पाएकोमा निकै खुसी लागेको विचार व्यक्त गरे । व्यवस्थापन समिति अध्यक्ष शिवलाल मल्लको प्रमुख आतिथ्यता र क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरको अध्यक्षता भएको कार्यक्रममा बिए चौथौं वर्षमा अध्ययनरत् छात्रा मल्लिका बस्याल, कर्मचारीतर्फबाट कृष्णबहादुर ताम्राकार, प्राध्यापकतर्फबाट प्राध्यापक संघका सभापति डा. भूमिराज बस्ताकोटी र क्याम्पस व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष योगेन्द्र प्रधानले शुभकामनासहित योगदानबारे चर्चा गरे ।
कार्यक्रममा क्याम्पस व्यवस्थापन समिति, प्राध्यापक, कर्मचारी र छात्राहरूको उपस्थिति थियो । कार्यक्रमलाई सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पर्वत र बागलुङका सिडिओ फेरिए
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
hero news full width
मुख्य समाचार
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१