पोखरा । भूपू विद्यार्थी मञ्च, आनन्द ज्योति मावि पोखरा ३१ ले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा मञ्चका पूर्व सल्लाहकार एवं आजीवन सदस्य पदमराज पौडेलले आनन्द ज्योति माविमा अध्यनरत विद्यार्थी केन्द्रित रहने गरेर मञ्चले सञ्चालन गर्ने गरी आफ्ना बुबाआमाको नाममा ३ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।
पोखरा ३१ का कार्यवाहक वडाध्यक्ष देवेन्द्र अधिकारीले मञ्चले गरेका कामको प्रशंसा गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न वडा कार्यालय भूपू विद्यार्थी मञ्चसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।
मञ्चका अध्यक्ष विकासप्रसाद कँडेलले मञ्चले सञ्चालन गर्ने गरी अक्षयकोष स्थापना गर्ने घोषणा गरेर महत्वपूर्ण र उत्साहजनक साथ दिएकोमा पूर्व सल्लाहकार एवं आजीवन सदस्य पौडेलप्रति हार्दिक आभारसहित धन्यवाद व्यक्त गरे ।
मञ्चका अध्यक्ष कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तीर्थराज अधिकारी, प्रधानध्यापक शिवराज अधिकारी, मञ्चका सल्लाहकार चिरञ्जीवी अधिकारीलगायतले बोलेका थिए ।
मञ्चले प्रकाशन गरेको २०८१ सालको भित्तेपात्रो विमोचन गरिएको छ । भित्तेपात्रो प्रकाशन उपसमितिमा संयोजक कृष्ण आचार्य र सदस्यहरू विजय अधिकारी र गोमा सोती रहेका थिए । भित्तेपात्रो प्रकाशन उपसमिति संयोजक कृष्ण आचार्यले सञ्चालन र सदस्य विजय अधिकारीले स्वागत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१