पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । हेटौडा भेट्रान्सलाई ४—२ गोलअन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन ढोलाहिटीले उपाधिसहित १ लाख ५५ हजार ५ सय ५५ सिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेतामा सीमित हेटौडाले ७७ हजार ७ सय ७७ पुरस्कार प्राप्त गरेको छ ।
ढोलाहिटीका प्रकाश रानामगर म्यान अफ दी म्याच चुनिए । ढोलाहिटीकै तेजबहादुर गलामी उत्कृष्ट खेलाडी घोषित हुँदै ११० हजार हात पारे ।
फाइनलमा ढोलाहिटीतर्फबाट प्रकाश रानामगरले २ गोल र सरोज थापा र राजकुमार केसीले १—१ गोल गरे । हेटौडाका लागि शशि गौतम र सञ्जय रानामगरले गोल गरे ।
विजयीलाई गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, अमरसिंह ब्वाइज क्लब एबिसी अध्यक्ष राजेश गुरुङ लगायतले नगद, सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरे ।
गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले सरकारी स्तरबाट खेलकुदको विकासका लागि उल्लेख्य काम हुन नसकेको बताउँदै खेलकुदको विकासका लागि स्थानीय क्लब, संघसंस्था, व्यक्तित्वको साथ र सहयोग अपरिहार्य रहेको बताइन् ।
अमरसिंह ब्वाइज क्लब अध्यक्ष राजेश गुरुङले आफूहरुले ४५ वर्ष उमेर कटेका लक्षित गरी आपसी भाइचारा कायम गरी शारीरिक तन्दुरुस्तीका लागि सहयोग प¥याउने उद्देश्यले खेलकुदको कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडी सम्मानित
पोखरामा नेपाल लोकतान्त्रिक खेलकुदको भलिबल
फेवातालमा पौडी प्रतियोगिता
राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
hero news full width
मुख्य समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१