स्याङ्जा । नेकपा एमाले स्याङ्जाले शुक्रबारदेखि नवौं जिल्ला अधिवेशनको तयारी पूरा भएको जनाएको छ । २ दिनसम्म चल्ने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।
एमाले अधिवेशन प्रचारप्रसार समितिले बिहीबार पुतलीबजारमा आयोजित पत्रकार सम्मेलत तथा अन्तत्र्रिmयामा अधिवेशन तयारी पूरा भएको जनाएको हो ।
एमाले पोलिटब्यूरो सदस्य एवं स्याङ्जा जिल्ला इन्चार्ज टुकराज सिग्देलले स्याङ्जामा गुटगत प्रतिस्पर्धा नहुने बताए । आवधिक निर्वाचनले पार्टी मजबुद र लोकतन्त्रलाई समेत बलियो बनाउने उनको दाबी छ । उनले भने, ‘वर्तमान विसंगति, भ्रष्टाचार र विकृतिको सुधारका लागि एमालेले सामान्य मन्त्रालय लिएर फेरि गठबन्धन गरेको छ ।’ सबै पार्टी उस्तै–उस्तै हुन् भन्ने कुरा चिर्दै एमाले पृथक पार्टी रहेको दाबी गर्दै पार्टीको कार्यशैलीलाई मूल्यांकन र अवलोकन गर्न आग्रह गरे ।
पार्टी जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) ले अधिवेशनले ५ पदाधिकारीसहित १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने जानकारी दिए । क्लस्टर अनुसारको निर्वाचन हुने र युवा १५ प्रतिशत रहेको उनले बताए ।
अधिवेशनमा जिल्लाका ११ पालिकासहित ९७ वडाका ६ सय ९ जना प्रतिनिधि चयन भएका छन् । एकतिहाइ महिला र ११ प्रतिशत उत्पीडित प्रतिनिधि छनोट गरिएको प्रचारप्रसार समिति संयोजक विश्व पौडेलले बताए ।
अधिवेशन गर्न २० लाख खर्च हुने अनुमान आयोजकको छ । संगठित सदस्य, पालिकाका प्रतिनिधि, आयोजक कमिटी, शुभेच्छुक तथा शुभचिन्तकबाट आर्थिक स्रोत जुटाइने भएको छ । अधिवेशन पुतलीबजार–१ स्थित सिटी हलमा हुनेछ ।
अन्तक्र्रियात्मक सो कार्यक्रममा पत्रकार महासंघ स्याङ्जा अध्यक्ष श्रीकृष्ण सिग्देल, निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले, उपाध्यक्ष भवानी अधिकारी, प्रेस युनियन स्याङ्जाका पूर्व अध्यक्ष प्रदीप कोइराला लगायतले अधिवेशनका बारेमा ज्ञिसासा गरेका थिए ।
कार्यक्रमको सहजीकरण प्रचार प्रसार समिति सदस्य अनन्तकुमार श्रेष्ठले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान
एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बन्न कसैले रोक्न सक्दैन : अधिकारी
सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट खारेज
नेकपा (एमाले) तनहुँको अध्यक्षमा कँडेल विजयी
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१