विश्व रंगमञ्च दिवसमा कविता मञ्चन

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०८०
drama news

पोखरा । पोखरामा विश्व रंगमञ्च दिवस कविता मञ्चन कार्यक्रम गरेर मनाइएको छ । पोखरा थिएटर आयोजनामा ‘रंगमञ्चमा कविता’ कार्यक्रममा कवि राजु स्याङ्तानका तीन कविता मञ्चन गरिएको हो ।

नारायण न्यौपानेको परिकल्पना र निर्देशनमा भएको मञ्चन कार्यक्रममा न्यौपाने सहित कुमार तामाङ र ज्यास्मिन नेपालीले कविता वाचन गरेका थिए । कवितामाथि रंगकर्मी रमेशबाबु तिमल्सिना, रोशनी रामदाम, अनुशा परियार, मिलन श्रेष्ठ र रोहित पौडेलले अभिनयकला देखाए ।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठले रंगमञ्च दिवसको विश्व सन्देश वाचन गरे । रंगमञ्चका विविध पक्षबारे पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति पदमराज ढकाल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिक, संस्कृतिकर्मी डा. तुलसी प्रभास, शिक्षाविद् अरुणा शेरचन, पोखरा थिएटर अध्यक्ष परिवर्तन, इन्द्रेणी थिएटर अध्यक्ष केदारनाथ पौडेल, रेनेसा थिएटर अध्यक्ष एमडी काफ्ले, पद्यमा थिएटरका सुमन कार्की, पोखरा थिएटरका संस्थापक सदस्य दिलप्रसाद गुरुङ र सञ्चारकर्मी रघुनाथ वाग्लेले भनाइ राखे ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width

trending post

ट्रेन्डिङ्ग