स्याङ्जा । फेदीखोला गाउँपालिका १ सर्केटारीमा २ दिनेसम्म चलेको प्रथम फेदीखोला आलु प्रदर्शनी सकिएको छ । आलु पकेट विस्तारसँगै प्रवद्र्धनमा जोड दिने उद्देश्यले आलु प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा आलुका विभिन्न परिकार तयारी तथा आलु खरिद बिक्री गरिएको थियो ।
कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेड र फेदीखोला साना किसान कृषि सहकारी संस्था लिमिटेड सेवा केन्द्रको व्यवस्थापनमा प्रदर्शनी गरिएको हो । प्रदर्शनी उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले गाउँपालिकाले किसानलाई कृषि क्षेत्रबाट आत्मनिर्भर बनाउने गरी काम गरिरहेको बताए । उनले किसानका उपजलाई पालिकाले थप अनुदान दिएर हौसला बढाउने गरी पालिकाले काम गरेको उल्लेख गरे । किसानका लागि आवश्यक बिउबिजन, उत्पादन र बिक्रीमा समेत सहयोग गर्दै आएको सुनाए ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोनका प्रमुख माधव लम्साल, ज्ञान केन्द्रका योजना अधिकृत गुरुप्रसाद अर्याललगायतले आलु किसानका लागि आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए । फेदीखोला आलु उत्पादनका लागि उर्वर भूमि मानिन्छ ।
फेदीखोला गाउँपालिका १ का वडाध्यक्ष अमृत क्षेत्रीले किसानका उत्पादनलाई प्रवद्र्धन र बजारीकरणमा सहयोग पु¥याउने लक्ष्यसहित प्रदर्शनी गरिएको जानकारी दिए ।
प्रदर्शनीमा जनकदेव, खुमल उज्ज्वललगायत जातका आलु प्रदर्शनीमा राखिएको छ । आमा समूहले आलुबाट परिकार बनाउनसमेत सिकेका थिए । प्रदर्शनीमा झण्डै ६ हजार किलो आलुको कारोबार भएको थियो । पालिकाभित्र धेरै आलु उत्पादन गर्नेमध्येका प्रथम, दोस्रो, तृतीय र सान्त्वना हुने आलु उत्पादक किसालाई नगदसहित पुरस्कृत गरिएको छ ।
प्रदर्शनी राखिएका आलु प्रति किलो ३५ रुपैयाँमा खरिदबिक्री भएको थियो भने किसानलाई गाउँपालिकाले प्रति किलो ५ रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
वडाध्यक्ष अमृत क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन वडा सचिव छविलाल ओलीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१