पोखरा । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले १ हजार र ५ सयका नोटहरूमा प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन, कास्कीको आयोजनामा शुक्रबार भएको पत्रकार भेटघाटमा उनले भ्रष्टचार नियन्त्रणका लागि १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् । यो विषयको प्रस्ताव उनले पार्टी बैठकमा राखेको पनि बताए ।
यसका लागि उनले नेपाली कांग्रेसको महासमिति बैठकमा पार्टीले नेतृत्व लिएर कार्यान्वयन गर्नुपर्ने सुझाव पनि राखेको सुनाए । ‘माफिया, विचौलिया, कालोधनका धनपतिले सत्तामा पकड जमाएका छन् भन्ने आम विश्वास छ,’ केसीले भने, ‘देशको मुद्रालाई कालोधनको माध्यम बन्न नदिन विमुद्रीकरण गर्नुपर्ने आवश्यकता छ ।’
पार्टीमा एक व्यक्ति एक पदको नीति अनिवार्य लागु गर्नुपर्ने केसीले बताए । ‘गिरिजा बाबुसँग सामूहिक नेतृत्व प्रणाली आवश्यक छ भनेर भन्ने मै थिएँ,’ उनले भने, ‘तर अहिले आएर के भयो भने पदाधिकारी भन्छन्– सभापतिले काम गर्न दिएन् । सभापति भन्छन्–पदाधिकारीले काम गर्न दिएनन् । त्यसकारण अब आउने महाधिवेशन सभापतीय पद्धतिअनुसार हुनुपर्छ ।’ सम्पूर्ण क्रियाशील सदस्य र साधारण सदस्यहरूले सभापति चिन्ने गरी सम्पूर्ण जिम्मेवारी नेतृत्व गर्न पार्टीको विधान संशोधन हुनुपर्ने उनले बताए ।
समानुपातिक प्रणालीको घुमाउरो विरोध र सांसद्को आकार घटाउनुपर्ने उनले बताए । ‘समानुपातिक प्रणाली जो छ । त्यो अस्थिरताको सबैभन्दा ठूलो कारकतत्व बनेको छ । सरकार कहिल्यै पनि स्थिर हुने भएनन्,’ उनले भने, ‘अनि गठबन्धनको नाममा कुनै एक्सन गर्न थाल्यो कि यो चाँहि गठबन्धन विरोधी भयो भनेर यतिकै सेलाउने स्थिति भएको छ । तर, समानुपातिकको विरोध नै त होइन ।’
नेपाली कांग्रेसले गठबन्धन निरन्तर चलिरहने उनले बताए । ‘अर्को निर्वाचनमा एक्लैले बहुमत ल्याउनुपर्छ भन्दा अहिले भइरहेको गठबन्धन तोड्नुपर्छ भनेको त होइन,’ उनले भने, ‘गठबन्धन गर्ने निर्णयपछि हामी जनताका माझ यो गठबन्धनले स्थायित्व र विकास दिन्छ भनेर गएका हौं । अहिले हामीले गठबन्धनलाई असर पार्न खोजेका पनि होइनौं, खोज्दा पनि खोन्दैनौं । यसको निरन्तरता रहन्छ नै ।’
Related News
सम्बन्धित समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
hero news full width
मुख्य समाचार
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१