विन्ध्येश्वरी आदर्शमा नाटक प्रतियोगिता

आदर्श समाज सम्वाददाता
फागुन १२, २०८०
drama news80

पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोलमा शुक्रबारीय कार्यक्रमअन्तर्गत कक्षा २ देखि कक्षा ९ सम्म नाटक प्रतियोगिता गरिएको छ ।

कार्यक्रममा मावि तहबाट कक्षा ७ का शुभम् सुनारको समूह प्रथम र कक्षा ८ को प्रशंसा कार्कीको समूह द्वितीय भएको छ । प्रावि तहबाट कक्षा ५ को आदित्य विकको समूह प्रथम र कक्षा २ को सौगात हमालको समूह द्वितीय भएको छ ।

विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले विजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीरूमा यस्ता क्रियाकलापले सिर्जनशीलता तथा कलाकारिताको विकास होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रम हरेक शुक्रबार गरिने जानकारी दिए ।

कार्यक्रमको निर्णायकमा मावि तहका नेपाली शिक्षक माया क्षेत्री र योग शिक्षक अमृत मगर थिए । कार्यक्रम सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width