बालोदय माविको ३६ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन १२, २०८०
balodaya

पोखरा । पोखरा–१७, बिरौटास्थित बालोदय माध्यमिक विद्यालयको ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस २ दिवसीय कार्यक्रम गरी शुक्रबार सम्पन्न भयो ।

समारोह उद्घाटन गर्दै राष्ट्रिय परीक्षा बोर्डका गण्डकी निर्देशक लक्ष्मण देवकोटाले गुणस्तरीय शिक्षामा जोड दिँदै पोखराको शैक्षिक क्षेत्रमा बालोदयको भूमिका महŒवपूर्ण रहँदै आएको स्मरण गरे । उनले समयसापेक्ष शिक्षालाई अगाडि बढाउनुपर्ने भन्दै पछिल्लो समय विद्यालयले संख्यात्मक साथसाथै गुणस्तरलाई पनि ध्यान दिँदै गएको औँल्याए ।
समापन समारोहमा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले शिक्षाको महŒव दिनप्रतिदिन बढ्दै गइरहेको जनाउँदै विद्यार्थीका प्रतिभा अनुकरणीय रहेको औंल्याए । उनले संस्कार, संस्कृति जगाउने क्रियाकलाप सञ्चालन गरेकोमा विद्यालयको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै गतिविधिलाई निरन्तरता दिन आग्रह गरे ।

शिक्षा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्य, हिसान केन्द्रीय उपाध्यक्ष बाबुराम पन्त, हिसान कास्की अध्यक्ष यामबहादुर रोका, प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, वडा सदस्य विक्रम गुरुङ, अभिभावकद्वय विष्णुप्रसाद शर्मा र सञ्जीव सुवेदीलगायतले पनि धारणा राखे ।

कार्यक्रमका बीच विद्यार्थीहरूले सामूहिक नृत्य, लोकगीत, सचेनामूलक नाटक, रत्यौली, भजन, कराँते सिप प्रदर्शन, बालगीतलगायत प्रस्तुति राखे । चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कृत गरियो । त्यस्तै उत्कृष्ट विद्यार्थी एवं १० वर्ष सेवा पुगेका शिक्षकहरूलाई सम्मान पनि गरियो ।

संस्थापक निर्देशक दुर्गादत्त पंगेनीले शिक्षाजस्तो महŒवपूर्ण क्षेत्रमा लगानी गर्दा आत्मसन्तुष्टि हुने गरेको अनुभव राख्दै अब किताब नभई जीवन पढाउनुपर्ने अवस्था सिर्जना भएको औंल्याए ।

प्राचार्य टेकनाथ पौडेलले विद्यार्थीलाई पढाउने नभई सिकाउने हो भन्ने पक्षमा विद्यालयसचेत रहेको सुनाए । उनले समयसमयमा शिक्षक तथा अभिभावकबीच अन्तक्र्रिया गरी शिक्षकका कुरा अभिभावकले सुन्ने र अभिभावकका कुरा शिक्षकले सुनी सिकाइलाई थप प्रभावकारी बनाउन प्रयास भइरहेको स्पष्ट पारे ।

विद्यालयका अध्यक्ष कमलादेवी पंगेनीको अध्यक्षतामा भएको कार्यक्रम सहायक प्राचार्य रामप्रसाद तिवारी तथा शिक्षक शर्मिला केसीले सञ्चालन गरे ।
कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालयमा हाल कुल १ हजार ३ सय ५१ विद्यार्थी तथा १ सय ७ शिक्षक एवं कर्मचारी कार्यरत छन् ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width

trending post

ट्रेन्डिङ्ग