काठमाडौं । काठमाडौको नागार्जुन नगरपालिका-६ भैरबटोलमा एकै परिवारका तीन जनाको आज हत्या भएको छ ।
सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका-६ भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, निजकी आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
सो हत्यामा निज ईश्वरीका श्रीमानको संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
ईश्वरीका श्रीमान् राजु घिमिरे भनिने काजी विकको शव पनि घरभन्दा केही पर जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेकाले उक्त हत्यामा निज काजी विककै हात रहेको अनुमान गरी प्रहरीले अनुसन्धान थालेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परिवारका सदस्यहरुको हत्या गरेपछि उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ । यसै विषयमा केन्द्रित रही प्रहरीले अनुसन्धान थालिसकेको छ ।” घटना आज विहानको हो ।
विहान साढे नौ बजेपछि कोठाभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसको केही समयपछि विक पनि घरभन्दा केही परको जङ्गलमा झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा आउँदा उनको मृत्यु भइसकेको थियो । रासस
Related News
सम्बन्धित समाचार
चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
पोखराको न्युरोडस्थित एभरेष्ट बैंकमा तोडफोड अपरिचित व्यक्तिले गुलेली हाने
बत्तीसपुतलीमा २ समूहबीच झडप हुँदा १ को मृत्यु, ४ पक्राउ
बेंसीसहरका ४ औषधी पसललाई जरिवाना
वनमा आगो लगाउने पक्राउ
hero news full width
मुख्य समाचार
पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
वैशाख ३०, २०८१मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
वैशाख ३०, २०८१नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
वैशाख ३०, २०८१फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
वैशाख ३०, २०८१चुच्चे नक्साको विवादमा तानिएपछि राष्ट्रपतिका आर्थिक विज्ञले दिए राजीनामा
वैशाख ३०, २०८१