पोखरा । कास्की प्रहरीले लिखतसम्बन्धी कसूरमा बुधबार ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १९, पुरुन्चौर घर भइ हाल नयाँबजार बस्ने वर्ष २८ का सतिश बास्तोला, चिप्लेढुंगा बस्ने वर्ष २५ का सुजन गिरी र वर्ष २९ का विवेक श्रेष्ठ हुन् ।
वडा प्रहरी कार्यालय बैदाम र लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार राति पोखराबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकका अनुसार पोखरा नयाँबजारस्थित ब्लुहोम डेकोरबाट विभिन्न संघसंस्था, सरकारी र वडा कार्यालयका छाप तथा जरायोको सिङसमेत लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको हो । साथै छाप बनाउन प्रयोग गरिएको मेसिन, मनिटरसहितको कम्प्युटरसमेत उनीहरुको साथबाट बरामद गरिएको डीएसपी विकले जानकारी दिए ।
पक्राउ परेका ३ जनाविरुद्ध जिल्ला अदालतबाट लिखतसम्बन्धी कसूरमा १० दिन म्याद लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी विकले बताए । साथै जंगली जनावरको सिङसमेत बरामद गरिएकाले उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइने भएको छ ।
Related News
सम्बन्धित समाचार
चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
चुच्चे नक्साको विवादमा तानिएपछि राष्ट्रपतिका आर्थिक विज्ञले दिए राजीनामा
hero news full width
मुख्य समाचार
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
वैशाख २९, २०८१‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
वैशाख २९, २०८१२२ महिनामा पनि बनेन हरिचोक–याम्दी खण्डको २ किमी सडक
वैशाख २९, २०८१पानीका मुहान सुक्न थालेपछि संरक्षण गरिँदै
वैशाख २९, २०८१राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
वैशाख २९, २०८१