पोखरा । इटहरीका आयुष गौतमले खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० को उपाधि जित्नु भएको छ । पोखराको ड्यामसाइड स्थित फाइनल स्कोर स्पोर्टस बारमा आइतबार सम्पन्न भएको फाइनल खेलमा गौतमले काठमाण्डौंका वाङचु तामाङलाई ७—५ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल हुनु भएको हो ।
गौतमले उपाधि सहित १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्दा उपविजेता हुनु भएको तामाङले भने ७० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नु भयो । उक्त प्रतियोगितामा नयाँ रेकर्ड कायम भएको छ । फाइनल खेलमा वाङचु तामाङले १ सय ३२ को टेवल क्लियरेन्स गरी हायस्ट ब्रेक गरी नयाँ रेकर्ड कायम गर्नु भएको आयोजक फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.का अध्यक्ष सोम बि.क.ले बताउनु भयो । यस अघि काठमाडौंका राजन लामाको नाममा १ सय १० को रेकर्ड रहेको थियो । उक्त प्रतियोगिता वेष्टअफ थट्टीनमा भएको हो ।
इटहरीका २१ बर्षका गौतम काठमाडौंको यास. के. कलेजमा ब्याचलर तेश्रो बर्षमा अध्ययनत हुनुहुन्छ । २०७९ छोट्तेन स्नुकर क्लवले काठमाडौं बौद्वमा आयोजना गरेको राष्ट्रिय प्रतियोगितामा बिजेता गौतमले विगत ८ बर्ष देखि यस खेलमा लाग्नु भएको हो । ५ बर्ष अघि काठमाडौंको साकुरामा आयोजना भएको राष्ट्रिय प्रतियोगितामा क्वारफाईनलमा पराजित हुनु भएको गौतम कतारमा भएको एसियन च्याम्पियनसिप २०७९, भारतमा भएको यु–१९ स्नोकरमा सहभागी हुनु भएको थियो ।
प्रतियोगिताको मुख्य निर्णायकमा गणेश जिसी र राजु गुरुङ रहनु भएको थियो भने अन्य निर्णायकमा विश्व कार्की, संगम रसाइली, पारस सुनार र निरज गुरुङ रहनु भएको थियो । उक्त प्रतियोगिताको मुख्य सहयोग पोखरा महानगरपालिकाले गरेको छ भने दोश्रो पुरस्कारको प्रायोजन पोखरा ड्यामसाइडको बि एण्ड बि कम्प्लेक्स (बिक्रम गुरुङ÷बिष्णु गुरुङ) ले गर्नु भएको हो । तेश्रो पुरस्कार प्रायोजन भने ड्यामसाइड निवासी हाल वेलायतमा रहनु भएको जिनेश गुरुङ र रत्नचोक निवासी हाल आबुदावी रहनु भएको अमृत गुरुङले गर्नु भएको हो ।
सेमिफाइनलमा पराजित हुनु भएको काठमाण्डौंका दुई खेलाडी राजन लामा र रेगन श्रेष्ठलाई ट्रफीको साथमा जनही २०÷२० हजार पुरस्कार उपलब्ध गराइएको छ । यही १३ देखि माघ संचालन भएकोे उक्त प्रतियोगितामा १ सय २३ जना खेलाडीहरु सहभागि हुनु भएको प्रा.लि.का संचालक मध्यका एक प्रताप गुरुङले बताउनु भयो । खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले कास्की विलियार्ड स्नोकर तथा पुल संघको विशेष सहयोगमा उक्त प्रतियोगिता भएको अध्यक्ष बि.क.ले जनाउनु भयो ।
विजयी खेलाडीहरुलाई पोखरा १७ का वडा अध्यक्ष राधिका योगी शाही, कास्की विलियार्ड स्नुकर तथा पुल संघका अध्यक्ष सागर कुमार शाही(दिलीप), खेलकुदकर्मी बिष्णु गुरुङ, जिनेश गुरुङ लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले पोखरा १७ मा खेलकुद, पर्यटन सहित धार्मिक पर्यटनको अथाह सम्भावना भएको वडा भएको दाबी गर्नु भयो । उक्त प्रतियोगिताले पोखरा क्षेत्रको पर्यटनमा टेवा पुगेको दाबी गर्नु भयो ।
Related News
सम्बन्धित समाचार
वडास्तरीय बुद्धिचालमा एकराज प्रथम
फिस्टेल एसइई कपमा पहिलो दिन १६ खेल
जिभिपी युके लण्डनले जित्यो क्लबस्तरीय भलिबल उपाधि
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
क्लबस्तरीय पुरुष भलिबल, जनकल्याण पोखरा–११ फाइनलमा
hero news full width
मुख्य समाचार
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१