पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आले मगरले पछिल्लो समय नेपाली समाज नकरात्मकतर्फ उन्मुख भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । शुक्रबार नेपाल तेक्वान्दो संघ गण्डकीको तेस्रो वार्षिक साधारण सभा उद्घाटन गर्दै उनले हरेक कुरा नकारात्मक तरिकाले मात्रै लिने गरिएकोमा नकारात्मकभित्र पनि सकारात्मक विषयबस्तु आंैल्याउनुपर्ने बताए । उनले प्रदेश सरकारले सिमित स्रोतसाधनका कारण खेलकुदका विभिन्न गतिविधिमा मन फुकाएर सहभागी हुन नसके पनि केही न केही हिसाबले जोडिइरहेको बताए ।
गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन तेक्वान्दो खेलको ठूलो भूमिका रहेको बताए । संघले पोखरामा केही महिनापहिला गरेको माउन्ट एभरेस्ट च्याम्पियनसिपले सुस्ताएको पोखराको पर्यटन प्रवद्र्धनमा योगदान पुगेकोमा प्रशंसा गरे ।
संघका केन्द्रीय महासचिव दीपराज गुरुङले नेपालमा तेक्वान्दो खेलको इतिहासबारे जानकारी दिए । उनले संख्यात्मक हिसाबमा धेरै मेडल भित्र्याउन सफल तेक्वान्दो सफल भएको दाबी गर्दै मुलुकको सान र नेपाली जनताको इज्जत राख्न संघ सफल भएको दाबी गरे ।
नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान सदस्यसचिव तेजबहादुर गुरुङले खेल क्षेत्र र खेलाडीका कारण राष्ट्रको इज्जत धानिरहेको अवस्थामा बजेट निर्माणक्रममा राज्यको आखा पर्न नसकेकोप्रति गुनासो गरे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव अधिकारीले तेक्वान्दो संघले देश र जनताको अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भएको बताए ।
तेक्वान्दो संघ गण्डकी अध्यक्ष जगनबहादुर गुरुङले प्रविधिमैत्री तेक्वान्दो खेल विकास आजको आवश्यकता रहेको बताए । उनले खेल पदकमात्र नभई जीवनपद्दति, अनुशासन, राष्ट्रिय एकता, स्वास्थ्य, विज्ञान लगायतका पाटोबाट हेरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संघका महासचिव रमेश पौडेलले महासचिवको प्रतिवेदन पेस गर्दै तेक्वान्दो खेल विकासमा सबै संवेदनशील भएर लाग्नुपर्ने बताए । तेक्वान्दो संघ गण्डकी अध्यक्ष जगनबहादुर गुरुङको अध्यक्षतामा भएके कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष बासुदेव त्रिपाठी, संघ उपाध्यक्ष कमल पराजुली लगायत बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
फिल्म ‘लण्डन टु पेरिस’ को ‘चाहन्छु यो माया’ गीत सार्वजनिक
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
hero news full width
मुख्य समाचार
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१