लेखनाथ । पोखरा–२७, तालचोकमा शनिबारबाट शुलभ बजार तालचोक मण्डी सञ्चालनमा आएको छ । बजारको हास्य कलाकार जोडी दीपकराज गिरी र दिपाश्री निरौलाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
बजार उद्घाटन गर्दै कलाकार गिरीले सम्भावनाको खोजी गर्दै अधिकांश युवाहरु विदेश पलायन भइरहेको अवस्थामा स्वदेशमै केही गरौं भन्ने उद्देश्यले बजार सञ्चालनमा ल्याएकोमा सञ्चालकहरुलाई सफलताको शुभकामना व्यक्त गर्दै यसले धेरै कृषकहरुको भावनालाई सम्बोधन गर्दै उनीहरुको उत्पादनलाई बजारीकरण गर्नुका साथै उपभोक्ताका लागि पनि नाम जस्तै सुलभ बन्न सकोस भन्ने शुभेच्छा व्यक्त गरेका थिए ।
यस्तै कलाकार दिपाश्री निरौलाले बजार सञ्चालनमा आएकोमा बधाई र शुभकामना व्यक्त गर्दै सर्वसुलभ रुपमा स्वच्छ र ताजा फलफूल तरकारी उपलब्ध हुने विश्वास व्यत्त गरिन ।
कार्यक्रममा पोखरा महानगरपालिका– ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले स्थानीय कृषकहरुको उत्पादनलाई बजारीकरण गर्ने थलोका रुपमा बजार स्थापित गरिएकोमा शुभकामना व्यक्त गर्दै अर्गानिक उत्पादनहरुलाई जोड दिन आग्रह गरेका थिए ।
वडा नं. २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले स्थानीयस्तरमा कृषकहरुले गरेका उत्पादनलाई उचित तबरले व्यवस्थापन गर्न आग्रह गर्दै स्वच्छता र स्वस्थता कायम गर्ने विषयमा महानगरपालिकाले समेत निकट भविष्यमा मापदण्ड तय गर्ने बताएका थिए ।
उक्त अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले अधिकांश कृषि उपजहरु आयात गर्नुपर्ने अवस्था रहेकोमा स्थानिय कृषकहरुलाई प्रर्वद्धन गर्ने उद्देश्यले खोलीएको बजारबाट कृषक एवं उपभोक्ता दुवै लाभान्वित हुने विश्वास व्यक्त गरेका थिए ।
सहभागीहरुलाई स्वागत गर्दै सञ्चालक प्रमोद भण्डारीले रुपा गाउँपालिकादेखि बेगनास, माझठाना, वरपौवासम्मका कृषकहरुलाई ढुवानीदेखि उत्पादनको भुक्तानीसम्मका प्रक्रियामा सहज हुनेगरी उपयुक्त स्थान चयन गरिएको र उपभोक्ताहरुलाई समेत पायक पर्ने दाबी गरे ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै अध्यक्ष वीरभद्र कँडेलले बजारको स्थापनाले साविक लेखनाथ, रुपा गाँउपालिका, मादी गाउँपालिकाका कृषहरुको उत्पादनलाई बजारीकरण गर्ने मौका प्राप्त भएको र निरन्तर रहने अपेक्षा गरे । उनले मुलुकको बिग्रदो अर्थतन्त्र, युवाहरुको बढ्दो विदेश पलायनको अवस्थामा पनि इच्छा, आकांक्षा र जाँगर चलाउने हो भने स्वदेशमै केही गर्न सकिने बताएका थिए ।
स्थानीय ६ जना व्यवसायीहरु मिलेर ५० लाखको लगानीमा सञ्चालनमा ल्याइएको बजारमा कुल २७ वटा सटरहरुबाट ताजा तरकारी, फलफूल, माछा मासु लगायत विभिन्न कृषि उत्पादनहरुको खरिद तथा बिक्री गरिने प्रबन्ध निर्देशक थिरभद्र कँडेलले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
लेउवा संघमा वालिङ उद्योग वाणिज्य संघको टोली
गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
टाइगर कपको आयव्यय सार्वजनिक, साढे १८ लाख बचत
निर्माण व्यवसायी संघ स्याङ्जामा अर्जुन
hero news full width
मुख्य समाचार
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१