विज्ञान शिक्षक समाज अन्नपूर्णमा ढकाल

आदर्श समाज सम्वाददाता
माघ १६, २०८०
Stan news

पोखरा । विज्ञान शिक्षक समाज नेपाल, अन्नपूर्ण गाउँपालिकाको प्रथम अधिवेशनबाट कीर्तिराज ढकाल अध्यक्ष चयन भए । उपाध्यक्ष ध्रुवप्रसाद अधिकारी, सचिव रीता खनाल, सहसचिव भोलानाथ पौडेल, कोषाध्यक्ष शरद् सुवेदी छानिए । सदस्यहरु गौतम सुवेदी, रामबहादुर गुरुङ, क्रिस्टोफर भट्टराईछन् ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका शिक्षा अधिकृत बलराम भुगाइँले विज्ञान शिक्षकहरूको पहलमा विद्यार्थीहरूलाई खोज, अनुसन्धान र नवप्रवर्तनमा लाग्न प्रेरित गर्नुपर्ने भन्दै कक्षाकोठामा बिताएको समय उपलब्धिमूलक भयो कि भएन भनेर हरेक शिक्षकले आत्ममूल्यांकन गर्नुपर्ने बताए ।

विज्ञान शिक्षक समाज नेपाल, कास्की जिल्ला समितिका सदस्य हरिप्रसाद भण्डारीले विज्ञानका शिक्षकहरू पाउनै मुस्किल भएको हालको अवस्थामा पेसामा आबद्ध भएका विज्ञान शिक्षकहरूले आफ्ना विद्यार्थीलाई विज्ञानप्रति चासो बढाउन थप प्रयास गर्न आग्रह गरे ।a

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width