पोखरा । पोखरा–१, सिम्पानीस्थित करुणानिधि एजुकेसन फाउन्डेसन (केफ) माध्यमिक विद्यालयको ३० औं वार्षिकोत्सव विद्यार्थी केन्द्रित बन्यो । प्रस्तुति यथेष्ट राखिए । २ दिनसम्म भएको समारोहमा विद्यार्थीहरूले शास्त्रीय गीतदेखि कविता, नाटक, नृत्य, कराँते, मात्रा चिनारी, कथा, लोक दोहोरी, लेख्य चिह्न चिनारी, मन्त्र लगायत प्रस्तुति राखे ।
त्यसका अलवा कथावाचन, कक्षागत गीत, वाक् प्रस्तुतिमा पनि विद्यार्थीहरूले भाग लिए । वार्षिकोत्सवका कार्यक्रम सञ्चालकदेखि स्वागतकर्तासम्म विद्यार्थी नै थिए । ै विद्यार्थीद्वारा निर्मित विज्ञान एवं शैक्षिक सामग्रीहरू प्रदर्शनीले अभिभावकको मन सजिलै जित्न सफल भयो ।
सभामा नेता तथा अन्य संघ, संस्था एवं व्यक्तिका सम्बोधनलाई निकै कम गरियो । उपस्थित अभिभावक तथा अतिथिले शनिबार र आइतबार दिनभरजसो चाखपूर्ण तरिकाले विद्यार्थीका प्रस्तुतिहरू हेरिरहे । न कसैले बोल्ने खोजे, न होहल्ला नै भयो, केवल आफ्ना बालबच्चाका प्रतिभाहरू अवलोकनमै व्यस्त रहे, मन्त्रमुग्ध भए अभिभावक ।
प्रायःनेता तथा स्थानीय समाजसेवी भनिएका व्यक्तिका भाषणमै सीमित हुने अधिकांशं विद्यालयका वार्षिकोत्सवको तुलनामा निकै भिन्न रह्यो केफको वार्षिकोत्सव । जसमा त्यहाँ पढ्ने अधिकांश विद्यार्थी कुनै न कुनै क्रियाकलापमा सहभागिता भए । विद्यालयको वार्षिकोत्सव विद्यार्थी प्रस्तुतिमय बनेको अभिभावक सविता पोख्रेलले बताइन् ।
वार्षिकोत्सवअन्तर्गत आइतबार नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीका विभिन्न प्रस्तुति रहे । त्यसका साथै उत्कृष्ट कार्य गरेबापत संघसंस्थाको तर्फबाट मुद्रण संघ गण्डकी अध्यक्ष वसन्त बास्तोला एवं कलाकारिताको तर्फबाट राष्ट्रिय संगीतकर्मी संघ गण्डकी अध्यक्ष कृष्णप्रसाद गौतम सम्मानित भए । त्यस्तै करुणानिधि जेहेनदार छात्रवृत्र्तिबाट एसइई उत्तीर्ण सुष्मा भण्डारी पुरस्कृत भइन् ।
कार्यक्रममा पोखराकी उपप्रमुख मञ्जुदेवी गुरुङले गुणस्तरीय शिक्षामा निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेकोे चर्चा गर्दै त्यसलाई सामुदायिक विद्यालयहरूले पनि आत्मसात् गर्नुपर्नेमा जोड दिइन् । उनले सिर्जनशील विद्यार्थीको भविष्य उज्ज्वल रहेको स्पष्ट पारिन् ।
प्रधानाध्यापक डिल्लीराम अधिकारीले सबैको साथ सहयोगबाट विद्यालय हालको अवस्थामा आएको चर्चा गर्दै विद्यालयले उल्लेखनीय सफलता हासिल गर्दै गइरहेको औंल्याए ।
विद्यालयका अध्यक्ष रामचन्द्र पौडेल, शिक्षक अभिभावक संघमा अध्यक्ष वसन्त बास्तोलालगायतले पनि धारणा राखे ।
विद्यालयका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १ र २ का विद्यार्थीले विभिन्न प्रस्तुतिमार्फत् स्वागत तथा शिक्षक भानुभक्त पोखरेलले कार्यक्रम सञ्चालन गरे ।
कक्षा नर्सरीदेखि १२ सम्म सञ्चालित विद्यालयमा हाल कुल १ हजार ३ सय ५० विद्यार्थी अध्ययनरत छन् । जसमा दश जोड दुईतर्फ विज्ञान, व्यवस्थापन र कानुन विषयको पठनपाठन हुने गर्दछ ।
Related News
सम्बन्धित समाचार
स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन
नेसनल क्रियसनमा निर्वाचन
विन्ध्येश्वरी आदर्शमा चित्रकला
बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन
डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान
hero news full width
मुख्य समाचार
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१