दीपक समीपले ल्याए ‘नदीको राजमार्ग’

आदर्श समाज सम्वाददाता
माघ १३, २०८०
nadiko rajmarga (1)

पोखरा । साहित्यकार दीपक समीपको लघुकथासंग्र्रह ‘नदीको राजमार्ग’ को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको सर्वनाम थियटरमा आयोजित एक विशेष कार्यक्रममा उक्त कृतिको लोकार्पण भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त कृति लोकार्पण गरे । कृति लोकार्पण गर्दै साहित्यकारहरू सरकार र संविधानभित्रका कमजोरीमाथि प्रहार गर्ने सामथ्र्य राख्ने बताए । प्रतिष्ठानले भाषा वाङ्मयका हरेक आयाममा काम गर्दै आएको बताए । मान्छेको जीवन आफैंमा कथैकथाको कथा भएको र मानव जातिको विविधतासँगै कथाको विविधता प्रकट हुने बताए । राज्यको उत्पत्तिपछि भाषा राज्यको र जनताको गरी दिई भागमा बाँडिएको बताए । वर्तमानमा कविता, निबन्ध र आख्यानभित्रका कथामा राज्यका कथा अटाएको र जनताका कथा हराएकामा दुःख व्यक्त गरे । त्यसैले अब लेखिन बाँकी कथाहरू लेख्नतिर कथाकारहरू लाग्नुपर्नेमा जोड दिए । कार्यक्रमहरू पाठककेन्द्रित बनाइनुपर्ने र एआईसँग जुध्नुपर्ने वर्तमान यथार्थतिर अब सचेततापूर्वक लाग्नुपर्ने आवश्यकता ओैंल्याए।

ज्ञानु अधिकारीले थोरै शब्दमा सरल भाषाको मौलिक स्वाद पस्केर कथाकारले आख्यान लेखनमा दह्रो उपस्थिति जनाएको बताइन् । लघुकथा लेखनको मानक सिद्धान्तलाई चुनौती दिएर लेखकले आफ्नो अराजक लेखक व्यक्तित्व स्पष्ट रूपमा प्रमाणित गरेका छन् । उनले भनिन् ‘शब्दको जादू लेखकले यसरी चलाएका छन् कि एक एक लघुकथाले तंरगित बनाउन सक्षम छन् ।’ कथामा मानव मनोविज्ञान बडो नाटकीय र प्रभावकारी तबरले प्रस्तुत गरिएको छ । यसका कथामा शब्दको मीतव्ययितामा कथाकारले निकै ध्यान दिएको बताइन् ।

त्यस्तै अर्का समीक्षक डा. ईश्वरमणि अधिकारीले सामाजिक बेथिति, अराजकता आदिको सजीव चित्रण गरिएको बताए । कथा सकिएपछि पनि कथाको प्रभाव छाडिरहन सक्ने क्षमता कथाकारको रहेको अधिकारीले बताए । वर्तमान युगका राजनीतिक घटनाक्रम र त्यसभित्रका कुरूप परिदृश्य छर्लंग पारेका छन् । साथै विविध पात्रका माध्यमबाट जीवनदर्शन प्रक्षेपण गरेका छन् कथाकारले । मानव जीवनका सन्त्रास, जीजिविषा, अन्धविश्वास, आस्तिकता एवं लंैगिक विसंगतिको चित्र मर्मस्पर्शी ढंगले कथामा उनिएको ईश्वरमणिले बताए । समाजका घटनालाई कथामा बुन्ने कलात्मक सामथ्र्य दीपकमा रहेको बताए । अवचेतन र चेतन मनको उद्घाटन कुशल शैलीले गरेको उनले बताए । कथा छोटा भईकन पनि चुट्किला बन्नबाट भने सर्वथा बचेका छन् भन्नेमा उनले जोड दिए ।

लेखक दीपक समीपले पचासको दशकको सुरुआतदेखि ३ दशकसम्मको साहित्यलेखनका अनुभव र अनुभूति प्रसतुत गरे । कार्यक्रममा स्वागत गर्दै साहित्यकार प्रतीक ढकालले गजलकार एवम् मुक्तककार समीपलाई आख्यानमा ढुक्कले स्वागत गर्न पाएकामा खुसी व्यक्त गरे । साहित्य लेखन सुरु भएदेखि अहिलेसम्मका सहयात्रीहरू खचाखच भएको हलमा सबै सहृदयीहरूलाई धन्यवाद व्यक्त गरे । ६६ वटा लघुकथा समाविष्ट ‘नदीको राजमार्ग संग्र्रहको प्रकाशन पेज टर्नर प्रालि, काठमाडौंले गरेको छ । साहित्यकार दीपक समीपको यो तेस्रो कृति हो ।

यसअघि उनका ‘भूगोलभित्र नकोरिएको देश’, गजलसंग्रह (२०६२) र ‘अक्षर अक्षरमा देश’ मुक्तकसंग्र्रह (२०७८) प्रकाशित छन् । सभापतित्व गरेका साहित्यकार भुवनहरि सिग्देलले समीपको सामान्य विषयलाई सरल लेखनको शैलीबाट विशिष्ट बनाएर पस्कने क्षमताको मुक्तकण्ठले प्रशंसा गरे । कार्यक्रम सञ्चालन साहित्यकार भवानी खतिवडाले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा…
  • ७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी…
  • नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । शिक्षासेवी तथा साहित्यकार नरहरि भट्टराईको शान्ति नायक उपन्यास शनिबार लोकार्पण गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको…
  • ‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’ मा उतारिएको…
  • गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको…

hero news full width