अखण्ड किर्तनको वार्षिकोत्सवमा सम्मान

आदर्श समाज सम्वाददाता
माघ १३, २०८०
kirtan a

पोखरा । श्रीराम मन्दिर अखण्ड किर्तन सञ्चालक समितिको १६ औं वार्षिकोत्सव शनिबार मनाइएको छ । राममन्दिर परिसर बिरौटामा भएको कार्यक्रममा ८४ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

ज्येष्ठ नागरिकहरु लीलाभक्त आचार्य, भीमादेवी बराल, बेनीबहादुर गिरी, रामलाल ढकाल, गुरुदत्त पौडेल, रामदत्त पौडेल र मित्रलाल सुवेदीलाई दोसल्लासहित सम्मान गरिएको श्रीराम मन्दिर सञ्चालक समिति सचिव पुण्डरीप्रसाद बरालले जानकारी दिए ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगीले धर्मका माध्यमबाट आत्मसन्तुष्टि मिल्ने भन्दै समितिले गर्दै आएको कामको प्रसंशा गरिन् । उक्त अवसरमा समिति अध्यक्ष रेशमराज सुवेदीले २०६४ सालमा पं नारायणदत्त बरालले सुरु गरेको भजन अभियान आजपर्यन्त जारी रहेको बताए । कोभिडका बेला समेत दुरी कायम गरी भजनलाई निरन्तरता दिइएको उनले उल्लेख गरे । प्रत्येक दिन दिउँसो १२ देखि २ बजेसम्म राममन्दिर परसरमा अटुट रुपमा किर्तन हुँदै आएको छ ।

चित्त शुद्धिका साथै शारीरिक तन्दुरुस्तीका लागि पनि भजनकिर्तन आवश्यक रहेको उनको भनाइ थियो । उपाध्यक्ष इन्द्रमणि आचार्यले स्वागत गरेको कार्यक्रममा कोषाध्यक्ष खीमलाल बरालले संस्थाको आयव्यय प्रस्तुत गरे । श्रीमद्भावगत पुस्तकलाई चडाइएको रकम प्रत्येक महिना संकलन गरी बैंक दाखिला गर्ने र त्यसैबाट आवश्यक खर्च हुँदै आएको कोषाध्यक्ष बरालले जानकारी दिए । साथै वडाले हार्मोनियम, मृदंग लगायत वाद्ययन्त्र उपलब्ध गराएकामा उनले धन्यवाद् दिए ।

समितिका सल्लाहकार एवं राममन्दिर सञ्चालक समिति सचिव पुण्डरीप्रसाद बरालले सञ्चालन गरेको कार्यक्रममा राममन्दिर सञ्चालक समिति अध्यक्ष लीलाभक्त आचार्य, उपाध्यक्ष रुद्रनाथ बराल, सदस्य इन्दिरा बराल, रामेश्वर मार्ग टोल सुधार समिति अध्यक्ष लीला पंगेनी, गुप्तेश्वर गुफा व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण बास्तोला लगायतले शुभकामना व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width