भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार अयोध्याको श्री राम जन्मभूमि मन्दिरमा राम लल्लाको मूर्ति अनावरण गरिएको छ ।
मन्दिरको गर्भगृहमा भएको प्राण प्रतिष्ठा समारोहमा प्रधानमन्त्री मोदीले अनुष्ठानको नेतृत्व गरेका हुन् । गहिरो भक्तिभावको वातावरणमा समारोहको आयोजना भएको हो ।
राम लल्लाको मूर्ति अनावरण हुनेबित्तिकै भारतीय वायु सेना (आइएएफ) का हेलिकप्टरहरूले अयोध्यामा श्री राम जन्मभूमि मन्दिर परिसरमा फूलको वर्षा गरेका थिए । समारोह आयोजना भएकामा भक्त तथा अतिथिहरूले ‘जय श्री राम’ को नारा लगाएका थिए ।
समारोहमा राष्ट्रिय स्वयंसेवक सङ्घका प्रमुख मोहन भागवत, उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल र राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ उपस्थित थिए । भव्य मन्दिरमा समारोहका लागि ८ हजारभन्दा धेरै अतिथिलाई आमन्त्रण गरिएको थियो ।
ऐतिहासिक प्राण प्रतिष्ठा समारोहमा मुलुकका सबै प्रमुख आध्यात्मिक तथा धार्मिक सम्प्रदायका प्रतिनिधिले भाग लिएका छन् । समारोहमा विभिन्न आदिवासी समुदायका प्रतिनिधिसहित सबै क्षेत्रका मानिस पनि सहभागी भएका छन् ।
श्री राम जन्मभूमिको निर्माण परम्परागत नगारा शैलीमा गरिएको हो । यसको लम्बाइ (पूर्व–पश्चिम) ३ सय ८० फिट, चौडाइ २ सय ५० फिट र उचाइ १ सय ६१ फिट रहेको छ । समग्रमा मन्दिरमा कुल ३ सय ९२ स्तम्भ र ४४ ढोका छन् ।
मन्दिरको स्तम्भ र पर्खालहरूमा हिन्दू देवी–देवताका साथै देवीहरूका जटिल मूर्तिकला प्रदर्शित छन् । भुइँतलामा रहेको मुख्य गर्भगृहमा भगवान् श्री रामको बाल्यकालको स्वरूप (श्री राम लल्लाको मूर्ति) राखिएको छ ।
मन्दिरको मुख्य प्रवेशद्वार पूर्वी दिशामा रहेको छ । त्यहाँ सिंहद्वार हुँदै ३२ सिंढी चढेर पुग्न सकिन्छ । मन्दिरमा कुल ५ मण्डप (हल) नृत्य मण्डप, रंग मण्डप, सभा मण्डप, प्रार्थना मण्डप र कीर्तन मण्डप छन् । मन्दिर नजिकै ऐतिहासिक इनार (सीता कूप) छ । यो इनार प्राचीनकालको हो ।
मन्दिर परिसरको दक्षिणपश्चिमी भागमा रहेको कुबेर टिलामा भगवान् शिवको प्राचीन मन्दिरको जीर्णोद्धार गरिएको छ भने जटायुको एउटा मूर्ति पनि स्थापना गरिएको छ ।
मन्दिरको जगलाई कृत्रिम रूप दिने गरी रोलर–कम्प्याक्ट कंक्रिट (आरसिसी) को १४ मिटर बाक्लो तहले निर्माण गरिएको छ । मन्दिरमा कतै पनि फलामको प्रयोग गरिएको छैन । जमिनको चिसोबाट बचाउनका लागि ग्रेनाइटको प्रयोग गरेर २१ फिट अग्लो स्तम्भमुनि चौकी निर्माण गरिएको छ ।
मन्दिर परिसरमा एउटा ढल प्रशोधन संयन्त्र, पानी प्रशोधन संयन्त्र, अग्नि सुरक्षाका लागि पानीको आपूर्ति र एउटा स्वतन्त्र पावर स्टेसन राखिएको छ । मुलुकको परम्परागत र स्वदेशी प्रविधि प्रयोग गरी मन्दिर निर्माण गरिएको हो ।
Related News
सम्बन्धित समाचार
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
आधुनिक कृषिले बदलेका चिनियाँ गाउँहरु, यसरी बन्दैछन् गरिबी निवारणका उदाहरण
आइएनएफ नेपाललाई १ लाख युरोसहित अवार्ड
टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो
hero news full width
मुख्य समाचार
७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
वैशाख २९, २०८१२२ महिनामा पनि बनेन हरिचोक–याम्दी खण्डको २ किमी सडक
वैशाख २९, २०८१पानीका मुहान सुक्न थालेपछि संरक्षण गरिँदै
वैशाख २९, २०८१राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
वैशाख २९, २०८१अर्जुन र सुस्मिता बने वर्ष खेलाडी
वैशाख २८, २०८१