कृषि विकास बैंक गण्डकीको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ ८, २०८०
Krishi Bikash

पोखरा । कृषि विकास बैंक गण्डकी प्रदेश पोखराको ५७ औं वार्षिकोत्सव तथा कर्मचारी पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । पोखरा ९ का अध्यक्ष दीपेन्द्र मर्सानीनले कार्यक्रम उद्घाटन गर्दै बैंकले प्रविधिसँगै सुविधामा परिवर्तन भएको देख्दा खुसी लागेको बताए ।

बैंकका पूर्व प्रमुख हरिप्रसाद पराजुली, सेयर सदस्य, ग्राहक सबैको साथ लिएर काम गर्दा बैंकको पनि प्रगति हुने बताए । पूर्व शाखा प्रमुख कर्ण बसेलले पूर्व कर्मचारीको पनि बिमा गर्नुपर्ने बताए ।

कार्यक्रममा पूर्व निर्देशक ज्ञानप्रसाद अर्याल, शाखा प्रमुखका तर्फबाट बगर शाखाका भीमप्रसाद सुवेदी, कर्मचारी युनियन गण्डकी प्रदेश अध्यक्ष सोमबहादुर गुरुङ, नेपाल राष्ट्रिय कर्मचारी संगठन गण्डकीका अध्यक्ष शालिकराम पौडेल, कर्मचारी संघ गण्डकीका अध्यक्ष सन्तोष थापा, नेपाल वित्तीय संस्था कर्मचारी संघ गण्डकीका अध्यक्ष राजेन्द्र सुवेदीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कृषि विकास बैंक गण्डकीका प्रमुख तथा निर्देशक घनेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ शाखा प्रमुख महेश पौडेलले स्वागत र वरिष्ठ शाखा प्रमुख मोतिप्रसाद पौडेलले सञ्चालन गरेका थिए । निर्देशक अधिकारीले बैंकले आगामी दिनमा अझ सेवा सुविधालाई वृद्धि गर्दै लाने र ग्राहकहरुको कामलाई विशेष प्राथमिकता दिएर काम गर्ने बताए ।

Related News

सम्बन्धित समाचार

  • रेडक्रसलाई लुम्बिनी विकासको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । लुम्बिनी विकास बैंक लि.ले रेडक्रस सोसाइटी कास्कीलाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक पर्ने ‘डिजिटल हट…
  • रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । लुम्बिनी विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक…
  • ग्रिनका अध्यक्ष श्रेष्ठको सपथ

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । ग्रिन डेभलपमेन्ट बैंकका नवनियुक्त अध्यक्ष गणेशकुमार श्रेष्ठले सोमबार पद तथा गोपनीयताको सपथ पिलएका छन् । उनले नेपाल राष्ट्र…
  • ग्रीन बैंकको वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको दशौं तथा एघारौं संयुक्त वार्षिक साधारणसभा चैत २७ गते सम्पन्न भएको छ । बैंकको…
  • ग्रिन बैंक र फिस्टेलबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र २४, २०८०
    पोखरा । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीका लागि फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिसँग विभिन्न स्वास्थ्य…

hero news full width