मिस तामाङका प्रतियोगीलाई साइबर सेक्युरिटी तालिम

आदर्श समाज सम्वाददाता
माघ ३, २०८०
cyber security training

पोखरा । मिस तामाङ पोखराका सहभागीलाई साइबर सेक्युरिटीसम्बन्धी तालिम प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले सहभागीलाई डिजिटल माध्यमको उपयोगिता र सजगताबारे प्रशिक्षण दिएका थिए । उनले डिजिटल माध्यम, सामाजिक सञ्जालको प्रयोग गरी ठगी तथा अपराध, धम्की तथा ब्लाकमेलिङका घटनाहरू बढिरहेकाले सजगता अपनाउनुपर्नेमा जोड दिए ।

४५ दिन लामो तालिमका लागि विभिन्न क्षेत्रका विज्ञहरूले सहजीकरण गरेका छन् । तालिममा रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर सञ्जय मल्ल, पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, गण्डकी प्रदेशका पूर्व सदस्य एवं सौन्दर्यविद् मीना गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नोभेल एकेडेमीका अध्यक्ष विश्वेश्वर आचार्य, नेपाल तामाङ घेदुङका उपाध्यक्ष दीपक वाइबा तामाङ, नेपाल जेसिसका पूर्व अध्यक्ष राजु केसी, चलचित्र निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष धनप्रसाद तामाङ, खोजराज गोले लगायतले तालिममा सहजीकरण गरेको कार्यक्रम संयोजक प्रीति तामाङले जानकारी दिइन् ।

तालिमका दौरान सहभागीलाई सार्वजनिक भाषण कला, व्यक्तित्व विकास, साइबर सेक्युरिटी, करियर व्यवस्थापन, तामाङ भाषा, संस्कार, सभ्यता तथा रहनसहनबारेमा तालिम प्रदान गरिएको आयोजक बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए । यस वर्ष समाजले मिस तामाङ पोखराको आठौं संस्करण आगामी माघ २० गते गर्दै छ ।

प्रतियोगितामा देशभरबाट १० जना तामाङ समुदायका युवतीको सहभागिता रहेको छ । सहभागीहरूमा मनिका लामा तामाङ, रिमाया तामाङ, दीक्षा लामा, सुनामी तामाङ, टिसिरिङ तामाङ, अर्पना तामाङ, रोशिला तामाङ, याङ्जी तामाङ, र वर्षा लामा तामाङ रहेका छन् । मिस तामाङ पोखरा २०२४ की बिजेताले नगद १ लाख ताज, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ५० हजार र सेकेन्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युअर्स च्वाइसका रुपमा एकजना प्रतिस्पर्धीलाई नगद २० हजार पुरस्कार प्राप्त गर्ने समाजका अध्यक्ष ज्याक तामाङले बताए ।

Related News

सम्बन्धित समाचार

  • २८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’

    आदर्श समाज सम्वाददाता वैशाख २१, २०८१
    पोखरा । कमेडी नेपाली फिल्म ‘खजुरे ब्रो’ यही २८ वैशाखदेखि प्रदर्शनमा आउँदैछ । सुरज सुनुवार निर्देशित यो फिल्मको प्रचारका लागि…
  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…

hero news full width

trending post

ट्रेन्डिङ्ग