पोखरा । मुक्तिनाथ कृषि कम्पनी अध्यक्षमा सीताराम काफ्ले चयन भएका छन् । बुधबार काठमाडौंमा भएको कम्पनीको ५ औं वार्षिक साधारण एवं अधिवेशनबाट चुनिएका सञ्चालक मध्येबाट काफ्ले अध्यक्ष चयन भएका हुन् ।
अधिवेशनबाट सञ्चालकमा संस्थापक तर्फबाट भरतराज ढकाल, सीताराम काफ्ले र तुलसीराम ढकाल संस्थापक संस्थागत तर्फबाट मुक्तिनाथ विकास बैंकबाट गोविन्दबहादुर राउत र सर्वसाधारणको तर्फबाट चिरन्जीवी अर्याल निर्वाचित भएका थिए । सञ्चालक समितिको बैठकले ४ वर्षे कार्यकालका लागी भरतराज ढकाललाई प्रबन्ध सञ्चालकमा चयन गरेका छ ।
साधारणसभामा कम्पनी अध्यक्ष भरतराज ढकालले आव २०७९/२०८० को सञ्चालक समितिको प्रतिवेदन र आगामी वर्षहरुको कार्ययोजना प्रस्तुत गरेका थिए । कम्पनी सचिव रामशरण तिमल्सिनाले भिजन ८५ को रणनीतिक कार्यहरुको बारेमा बताए ।
कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ अभियान मार्फत् समग्र कृषि मूल्य श्रृंखलामा व्यवस्थापकीय भूमिका निर्वाह गरी नेपालको कृषि अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीसहित नेपालका विभिन्न व्यावसायिक क्षेत्रमा संलग्न व्यक्तिहरु मिलेर कम्पनी स्थापना भएको हो । यो कृषि क्षेत्रकै नेपालको पहिलो पब्लिक लिमिटेड कम्पनी हो ।
कम्पनीले सर्वसाधारण सेयरको निष्कासन १ महिना अगाडि गरेको थियो । कृषि उत्पादन, उत्पादकत्व वृद्धि तथा उपभोक्ता हितका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आइरहेको कम्पनीले कृषि उत्पादनका क्षेत्रमा आवश्यक पर्ने ४ सय ५० भन्दा बढी वस्तु तथा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
Related News
सम्बन्धित समाचार
मैले गरेको प्रतिबद्धता पूरा गर्छु : सशांक कोइराला
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
‘क्वारेन्टिइन’ नहुँदा त्रिवेणी भन्सारबाट आयात निर्यात शून्य
संगम सहकारीको सम्मान
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१