पोखरा । महिला तथा बालिकालाई यौनशोषण क्रियाकलापमा संलग्न गराएको अभियोगमा कास्की प्रहरीले ३ जना युवकलाई पक्राउ गरेको छ ।
पोखरा ८, जाल्पारोडमा काभ्रेली खाजाघरका सञ्चालकले २ महिला तथा १ बालिकालाई शौनशोषण कार्यमा संलग्न गराउन बाहिर लैजान अवस्थामा कास्की प्रहरीले २ दिनअघि उनीहरुको उद्धार गरेको थियो ।
घटनाको अनुसन्धानक्रममा प्रहरीले खाजाघरका सञ्चालक पोखरा महानगरपालिका ९ पृथ्वीचोक बस्ने २९ वर्षीय प्रवीण गुरुङ, पर्वत घर भइ काठमाडौंको शंखमुल बस्ने २३ वर्षीय निर्मल मल्ल र पोखरा १७ बिरौटा बस्ने राजेश ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।
सुरुमा होटलमा काम दिने भन्दै सरसफाइको काममा लगाउने र पछि राम्रो कमाइ हुन्छ भनै पुरपुरुषसँग भेट गराई यौनजन्य गतिविधिमा लगाउने गरेको सूचना आधारमा प्रहरीले होटलमा छापा मारेको डिएसपी बिकले बताए ।
बिहीबार पक्राउ परेका तीनै जनालाई कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनायो ।
Related News
सम्बन्धित समाचार
चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
पोखराको न्युरोडस्थित एभरेष्ट बैंकमा तोडफोड अपरिचित व्यक्तिले गुलेली हाने
बत्तीसपुतलीमा २ समूहबीच झडप हुँदा १ को मृत्यु, ४ पक्राउ
बेंसीसहरका ४ औषधी पसललाई जरिवाना
वनमा आगो लगाउने पक्राउ
hero news full width
मुख्य समाचार
पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
वैशाख ३०, २०८१मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
वैशाख ३०, २०८१नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
वैशाख ३०, २०८१फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
वैशाख ३०, २०८१चुच्चे नक्साको विवादमा तानिएपछि राष्ट्रपतिका आर्थिक विज्ञले दिए राजीनामा
वैशाख ३०, २०८१