पोखरा। पर्यटकीय नगरी पोखरामा अंग्रेजी वर्ष–२०२४ को भव्य स्वागत गरिएको छ । फेवाताल किनारमा भएको २५ औं पोखरा सडक महोत्सव अवसरमा ‘न्यू इयर इभ’ मा मध्यरात हजारौं मानिसले एकअर्कामा शुभकामना साटासाट गर्दै नयाँ वर्षको भव्य स्वागत गरे ।
फेस्टिबल आयोजक रेवान पोखराले पनि सो अवसरमा बसुन्धरा पार्कमा आतीशवाजी गरेको थियो । आलोचनाबीच गृह मन्त्रालयबाटै स्वीकृति लिएर उसले आतीशवाजी गरेको हो ।
हजारौं स्वदेशी तथा विदेशी पर्यटकले विभिन्न कार्यक्रममा रमाउँदै नयाँ वर्षको स्वागत गरेको संस्थाका प्रथम उपाध्यक्ष एवं महोत्सव संयोजक विश्वराज पौडेलले बताए । महोत्सवमा रमाउन तथा नयाँ वर्षको स्वागतका लागि विशेषगरी युवापुस्ताको बढी भीड देखिन्थ्यो । कतिपय राति ३ बजेसम्म लेकसाइडमा नाचगानमा रमाएका थिए ।
पछिलो समय अंग्रेजी नयाँ वर्ष अवसरमा आफ्ना परिवार, साथीसँग घुम्न जाने, विभिन्न कार्यक्रम आयोजना गर्ने, अनि रमाउँदै नयाँ वर्षको स्वागत गर्ने प्रमुख गन्तव्य लेकसाइड बनेको छ ।
‘सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔं’ मूलनाराका २५ वर्षदेखि हुँदै आएको यो महोत्सव यसपालि रजत महोत्सवरुपमा मनाइएको हो । १२ पुसदेखि ५ दिनसम्म चलेको महोत्सव उद्घाटनमा पोखरा र यस क्षेत्रको कला, संस्कृति, भेषभूषा प्रदर्शनसहितको झाँकी ¥याली मुख्य आकर्षण रहेको थियो । महोत्सव फिस्टेलगेटदेखि गैह्राको चौतारा हुँदै जरेश्वर लेकसाइडसम्म साढे ३ किलोमिटर क्षेत्रमा भएको हो । रेष्टुरेन्ट व्यवसायीले सडकमै कुर्सी, टेबुल उतारेर महोत्सवमा विभिन्न २५ थरिका खाना परिकार उपलब्ध गराइएका थिए । सोमबार रातिदेखि महोत्सव अनौपचारिकरुपमा सम्पन्न भएको आयोजक रेवान अध्यक्ष नरेश भट्टराईले बताए । आयोजकले अपेक्षा गरेबमोजिम करिब ५ लाख पर्यटक भित्रिएको बताउँछन्।
गोर्खा बु्रअरी महोत्सवको मुख्य प्रायोजक रहेको महोत्सवमा दैनिकरुपमा विभिन्न कलाकारको प्रस्तुतिले दर्शकलाई प्रशस्त मनारञ्जन दिलाएको थियो । रेवान पोखरा महासचिव विकास भट्टराईले महोत्सव सफल पार्न सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे ।
२५ वर्षअघि फुड फेस्टिभलबाट सुुरु यो महोत्सव नेपालमै सबैभन्दा ठूलो क्षेत्रफलमा हुने महोत्सव हो ।
Related News
सम्बन्धित समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरा–१२ का सामुदायिक विद्यालयमा संस्कार शिक्षा
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
hero news full width
मुख्य समाचार
पर्वत र बागलुङका सिडिओ फेरिए
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१