सिर्जनशीलमा सांस्कृतिक ज्ञानको प्रबोधीकरण

आदर्श समाज सम्वाददाता
पौष १५, २०८०
sirjanshil

पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको नियमित मासिक कार्यक्रमअन्तर्गत शनिबार सर्जक, शोधार्थी र शुभेच्छुकहरुबीच औपनिवेशिकतामा केन्द्रित सांस्कृतिक ज्ञानको प्रबोधीकरण कार्यक्रम भएको छ ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष सहप्राध्यापक योगराज पौडेलले विद्यावारिधि शोधकार्यको सारांशमा आधारित रही औपनिवेशिक पृष्ठभूमिमा लेखिएका आख्यानमा सांस्कृतिक प्रतिरोधको अवस्थाका बारेमा आफ्नो अध्ययनको अनुभव सुनाए ।

पौडेलले ‘प्यासेज टु इन्डिया’, ‘किम’ र ‘शिवराज विजय’ उपन्यासलाई उत्तर औपनिवेशिक सिद्धान्तका आधारमा अध्ययन गर्दा पछिल्ला २ उपन्यासमा भन्दा ‘शिवराज विजय’ उपन्यासमा उपनिवेश बिरुद्ध सशक्त सांस्कृतिक प्रतिरोध रहेको स्पष्ट पारे । अध्ययनबाट उनले जहाँ शक्तिको प्रयोग हुन्छ, त्यहाँ शब्द र व्यवहारका माध्यमबाट प्रतिरोध भएको तथ्य अघि सारे ।

भारतीय पृष्ठभूमिमा एकातर्फ अंग्रेजको आगमन र अर्काेतर्फ मुस्लिमहरूको प्रभावका बीच भारतका हिन्दुवादी र रैथानेहरूले आफ्नो अधिकार र अस्तित्व रक्षाका लागि गरेका प्रतिरोधलाई अध्ययनको विषय बनाइएको उनले खुलस्त पारे । हरेक अवस्था र समयमा शासकहरुले नयाँ नयाँ भाष्य, विमर्श वा विचारधारा निर्माण गरी आफ्नो शासन र शक्ति स्थापित गरेका हुन्छन् । यही विचारधाराका आडमा उनीहरुले प्रशासन र न्यायालयलाई आफ्नो अधिनमा पारेर राज्य चलाएका हुन्छन् । यो अवस्था विश्वका विभिन्न संस्कृति र समाजमा सान्दर्भिक देखिने प्रसंगलाई पौडेलले अध्ययनबाट प्राप्त गरेको बताए ।

कार्यक्रममा प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका सभापति डा. लक्ष्मीशरण अधिकारी, संस्थाका पूर्व अध्यक्ष डा. भूमिराज बस्ताकोटी, प्राडा यमबहादुर पौडेल क्षत्री, अंग्रेजी विभागका विभागीय प्रमुख डा. भानुभक्त शर्मा कँडेल, डा. पीताम्बर पौडेल, सूर्यभक्त सिग्देल, संस्थाका निवर्तमान तथा वर्तमान उपाध्यक्ष सुलोचना खनाल, हिममाया पौडेललगायतले प्राज्ञिक लेखनका आधार, औपनिवेशिकता, सांस्कृतिक प्रतिरोध र समाज परिवर्तनका विषयमा आआफ्ना धारणा राखेका थिए । सदस्य इन्दु पौडेलले ञविवाहोत्सवझ शीर्षकमा मिठो सिर्जना सुनाइन् ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगबाट व्याकरण विषयमा पदोन्नति हुनुभएका विन्दुवासिनी संस्कृत विद्यापीठका सह प्राडा भोलानारायण रेग्मी र त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजिक शास्त्र संकायबाटबाट ‘उत्तरवर्ती नेपाली गजलमा व्यंग्य’ शीर्षकमा विद्यावारिधि गरेका गणेश शर्मालाई सम्मान गरिएको थियो ।
विष्णुप्रसाद शमाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव डा.भानुभक्त आचार्यले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा…
  • ७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी…
  • नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । शिक्षासेवी तथा साहित्यकार नरहरि भट्टराईको शान्ति नायक उपन्यास शनिबार लोकार्पण गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको…
  • ‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’ मा उतारिएको…
  • गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको…

hero news full width