पोखरा । ढाकाचोली महिला बचत तथा ऋण सहकारी संस्थाको चौंथो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भयो । समारोह उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा ७ का वडाध्यक्ष राममोहन आचार्यले महिला उद्यमशीलताको विकास गर्दै बचत तथा ऋण प्रवाह गरिरहेको सहकारीलाई छिट्टै वडाको नमुना सहकारीको रुपमा देख्न चाहेको बताए । उनले सहकारीहरु सहकारीको मूल्य मान्यता र सिद्धान्तअनुसार चल्नुपर्ने सुझाव दिए ।
को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी अध्यक्ष डिल्लीराम बरालले सहकारीमा सबैको समान अधिकार भएको हुँदा अरुको लहैलहैमा नलागी सेयर सदस्य एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारीले महिला सशक्तीकरणका लागि महिला उद्यमशीलतालाई अगाडि बढाउन सुझाव दिइन् ।
कार्यक्रममा ज्येष्ठ नागरिक आमाहरु रेवती पनेरु र कमला कार्कीलाई सम्मान गरिएको थियो । कार्यक्रममा नियमित बचतकर्ता सरला ढुंगाना र कृष्णा थापा, कर्मचारी व्यवस्थापक सन्ध्या खत्री र मार्केटिङ सपना बानियालाई पनि सम्मान गरिएको थियो । साथै सेयर सदस्यका छोराछोरीमध्ये एसइईमा ए प्लस ल्याउन सफल लक्ष्मण रिमाल सम्मानित भए ।
संस्थाका संस्थापक अध्यक्ष पार्वती पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मीकुमारी गुरुङ र सञ्चालन सचिव सीता ठडराईले गरेकी थिइन् ।
कार्यक्रममा लेखा संयोजक प्रभाकुमारी बास्तोला, पूर्व सल्लाहकार नानीमाया थापा, सदस्य निरशा गुरुङ लगायतले बोलेका थिए । कार्यक्रममा अध्यक्ष पार्वती पनेरुले संस्थाको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष गंगा रिमालले आर्थिक प्रतिवेदन र सचिव सीता भट्टराईले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
९० वर्षीय तन्नेरी हंशबहादुर
सगरमाथा आरोहणका क्रममा निधन भएका बस्ताकोटीको अन्त्येष्टि
बजेटको सिद्धान्त र प्राथमिकता : भौगोलिक सन्तुलन मिलाउने प्रतिबद्धता
फेवातालबाट अस्ट्रियन महिलाको उद्धार
गण्डकीको योजना आयोग उपाध्यक्षमा कृष्णचन्द्र देवकोटा
hero news full width
मुख्य समाचार
मुख्य न्यायाधिवक्ता शर्माले लिए शपथ
चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो
जेठ १७, २०८१प्रदेशको बेरुजु २ अर्ब ६८ करोड ५५ लाख, प्रदेश प्रमुखलाई बुझाइयो महालेखाको प्रतिवेदन
जेठ १७, २०८१गण्डकीका अर्थमन्त्री गुरुङले पेस गरे बजेटका सिद्धान्त र प्राथमिकता
जेठ १७, २०८१सगरमाथा चढेर फर्कंदै गर्दा पोखराका युवा बस्ताकोटीको निधन
जेठ १७, २०८१गण्डकीमा बजेटको सिद्धान्त र प्राथमिकता आज
जेठ १७, २०८१