कास्की र नवलपुरका प्रजिअ फेरिए

आदर्श समाज सम्वाददाता
जेठ १६, २०८१
moha

पोखरा । गृह मन्त्रालयले २५ जना बुधबार सहसचिवको सरुवा गर्दा गण्डकीका २ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । कास्कीका वासुदेव घिमिरे गृह मन्त्रालयमा सरुवा भएका छन् । उनको ठाउँमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भरतमणि पाण्डे आउने भएका छन् । घिमिरे पोहोर जेठ ८ गते कास्कीमा हाजिर भएका थिए ।

यसैगरी नवलपरासी वर्दघाट सुस्तापूर्वकी प्रजिअ कल्पना श्रेष्ठ इलामको प्रजिअमा सरुवा भएकी छन् । उनको ठाउँमा अरुण पोखरेल आएका छन् । श्रेष्ठ पोहोर असार ११ मा नवलपुरमा हाजिर भएकी हुन् ।

यसैगरी कास्कीका पूर्व प्रजिअ जयनारायण आचार्यको सुनसरीबाट कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा भएको छ । सुनसरीमा कास्कीका पूर्व एलडिओ रामचन्द्र तिवारी प्रजिअ भएका छन् । उनी उद्योग मन्त्रालयबाट अघिल्लो साता गृहमा सरुवा भएका थिए ।

यसैगरी गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृहमा सरुवा भएका तीर्थराज भट्टराईले कसुरजन्य सम्पति व्यवस्थापन विभागमा महानिर्देशकको जिम्मेवारी पाएका छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width