फेवातालबाट अस्ट्रियन महिलाको उद्धार

आदर्श समाज सम्वाददाता
जेठ १७, २०८१
fewa Rescue

पोखरा । बिहीबार साँझपख आएको हावाहुरीका कारण फेवातालको बीचमा फँसेकी विदेशी महिलाको सशस्त्र प्रहरीले सकुसल उद्धार गरेको छ । सशस्त्र प्रहरी बल नंम्बर २४ कालिका गणको टोलीले उनको उद्धार गरेको हो । काठको डुंगा भाडामा लिई उनी फेवातालमा सयर गरेकी थिइन् ।

दिउँसो करिब ४ बजेतिर हावाहुरीमा परी बीच तालमा अतालिएर उद्धारका लागि चिच्याइरहेका बेला सशस्त्रको टोली पुगेको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए ।

उनी अस्ट्रियाबाट नेपाल घुम्न आएकी २७ वर्षीय लाउरा रहेको गणपति शर्माले जानकारी दिए ।

सशस्त्रको फेवाताल रेस्क्यु टावरमा खटिएको विशेष विपद् व्यवस्थापन टोलीले उक्त घटना भएलगत्तै तुरुन्त परिचालित भइ उद्धार गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width