पोखरा । सगरमाथा आरोहण गरेर फर्कने क्रममा निधन भएका पोखराका विनोदबाबु बस्ताकोटीको शुक्रबार अन्त्येष्टि गरिएको छ ।
बस्ताकोटीको पार्थिव शरीर पोखरा महानगरपालिकाको तर्फबाट अन्तिम श्रद्धाञ्जलीका लागि पोखरा सभागृह परिसरमा राखिए थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापा, पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना लगायतले राष्ट्रिय झण्डा, पोखरा महानगरपालिकाको झण्डा र पुष्प सहित श्रद्धाञ्जली अर्पण गरेका छन् । पोखरा सभागृहमा वडाध्यक्षहरु तथा कार्यपालिका सदस्यहरू, नगरसभासदस्यहरु, कर्मचारी, पर्यटन व्यवसायी र सर्वसाधारण उपस्थित थिए ।
बस्ताकोटीलाई पोखरा महानगरपालिका वडा नम्बर २६ ले वडा रत्न घोषणा गरेको छ । बस्ताकोटीको मरेखरे घाटमा आजै दाहसंस्कार गरिएको छ ।
पोखरा–२६, खरानेफाँट निवासी ३७ वर्षीय विनोदबाबु बस्ताकोटीको सगरमाथाको सफल आरोहण गरी फर्किने क्रममा यही जेठ ९ गते निधन भएको थियो । सगरमाथाको चौथो शिविर नजिकै ८ हजार २ सय ५ मिटर उचाइमा आइपुग्दा अचानक बिरामी भई दुखद निधन हुन पुगेको हो ।
बस्ताकोटीले यसअघि सन् २०२३ को नोभेम्बर १ तारिकमा ६ हजार १४५ मिटर अग्लो लोबुचे पिक आरोहण गरेका थिए । चिनिया भाषामा राम्रो ज्ञान भएका बस्ताकोटी स्पेनिस र अंग्रेजीमा पनि उत्तिकै प्रखर थिए ।
बस्ताकोटी विगत १६ वर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशील थिए । युवा पर्यटन व्यवसायी तथा साहसी युवा बस्ताकोटीको निधनले पोखराको पर्यटन व्यवसायमा अपूरणीय क्षति पुगेको महानगरले शोक विज्ञप्ति निकालेर जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शोकको यस घडीमा पोखरा महानगरपालिका स्वर्गीय सफल आरोही बस्ताकोटीप्रति भापूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसंतप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।’
Related News
सम्बन्धित समाचार
देशभरका कानून व्यवसायी पोखरामा
देशभरका कान्छा न्यायाधीशले कसरी पढे ? सुनाए अनुभव
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१