गण्डकीका अर्थमन्त्री गुरुङले पेस गरे बजेटका सिद्धान्त र प्राथमिकता

आदर्श समाज सम्वाददाता
जेठ १७, २०८१
takaraj girung

पोखरा । गण्डकी प्रदेश सभामा आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत भएको छ । आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले संसदमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।

आत्मनिर्भर तथा समुन्नत प्रदेश : सम्मानित प्रदेशवासी बनाउने प्रदेश सरकारको प्रतिबद्धतालाई आधारशीलाका रुपमा लिएर आगामी वर्षको बजेट बनाइने अर्थमन्त्री गुरुङले बताए ।

संघीयताको सबलीकरण, सन्तुलित क्षेत्रगत विकास, सामाजिक विकास र समतामूलक समाजको स्थापना, दीगो विकास र वातावरण संरक्षण, कार्यक्रमको प्रभावकारिता र सुशासन प्रवद्र्धन र सेवा प्रवाहमा सुधार गर्ने लक्ष्यका साथ बजेट निर्माण गरिने मन्त्री गुरुङको भनाइ थियो ।

४३ बुँदामा तयार गरिएको सिद्धान्त र प्राथमिकतामा सुदृढ प्रादेशिक अर्थतन्त्र निर्माणका लागि आवश्यक रुपान्तरणकारी रणनीति अवलम्बर गरी हस्तक्षेपकारी कार्यक्रमका रुपमा इन्भेस्ट गण्डकी कार्यक्रम मार्फत् प्रदेशमा लगानी आकर्षण, रोजगारी वृद्धि र पूर्वाधार निर्माणको कार्य अगाडि बढाइने उल्लेख छ ।
हिमाली तथा दुर्गम क्षेत्रमा सञ्चालित आवासीय विद्यालय विकास कार्यक्रमका साथै बिग र लिड विद्यालय विकास कार्यक्रम सञ्चालनका लागि स्थानीय तहसँग साझेदारी गरिने भएको छ ।

वित्तीय संघीयताको हालसम्मको अभ्यास र आगामी कार्यदिशाका सम्बन्धमा वित्तीय संघीयतामा गण्डकी प्रदेश विषयक सम्मेलन गरिने विषयलाई प्राथमिकतामा राखिएको छ ।

सर्वोच्चको आदेशपछि मुख्यमन्त्रीमा बुधबार नियुक्त भएका सुरेन्द्रराज पाण्ड नेतृत्वको सरकार रातभरको मेहनतमा बजेटको सिद्धान्त र प्राथमिकता तयार पारेको हो ।

पाण्डे नेतृत्वको सरकारले दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र पहिले नै सार्वजनिक गरेको थियो । तर अधिकारी सरकारले नारासहित पुनर्लेखन गरेर पुन सार्वजनिक गरेको थियो । अधिकारी सरकारले राखेको नारा हटाएर अहिलेको सरकारले पुरानै नारा तय गरेको छ ।

सिद्धान्त र प्राथमिकतामाथि अहिले संसदमा छलफल चलिरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width