मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिए शपथ, थापालाई उर्जा र सामाजिक, गुरूङलाई अर्थ

आदर्श समाज सम्वाददाता
जेठ १६, २०८१
IMG_9868

पोखरा। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसका बिन्दुकुमार थापा र डा टकराज गुरुङलाई लिएर सपथ लिएका छन् ।  थापाले उर्जा मन्त्रालयको समेत जिम्मा पाएका छन् ।सर्वोच्चको परमादेश अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बुधबार  सभागृह हलमा आयोजित कार्यक्रममा  सपथ लिएका हुन् ।

गुरुङले अर्थ र थापाले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मा पाएका छन् । थापा दोस्रोपटक प्रदेश मन्त्री भएका हुन् । उनी कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारमा कानुन मन्त्री थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width